युरोपा लिग : नापोलीमाथि सानदार जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा, डर्टमुन्ड बाहिरियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ फाल्गुण, २०७८
४ वर्षअघि
युरोपा लिग

इटालियन क्लब नापोलीमाथि सानदार जित निकाल्दै स्पेनिस महारथी क्लब बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा नापोलीमाथि ४-२ गोलको जित निकाल्दै बार्सिलोना प्रि-क्वार्टफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

यसअघि बार्सिलोनाको मैदान क्याप नोउमा भएको पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

तर दोस्रो लेगको खेलमा सिरी ए क्लब नापोलीमाथि सानदार जित निकाल्दै समग्रमा ५–३ को जितसहित अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

गएराति नापोलीको मैदानमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, फ्रेन्की डी जोङ, जेरार्ड पिके र पिएरिक–इम्रिक अबमेयाङले एक–एक गोल गरे ।

नापोलीका लोरेन्जो इसाइने र माटेओ पोलिटानोले एक–एक गोल गरे ।

खेलको सुरुवातमा जोर्डी अल्बा र फ्रेन्की डी जोङको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो ।

लोरेन्जो इन्साइनले पेनाल्टीमा गोल गर्दै नापोलीको आशा बढाएका थिए ।

तर जेरार्ड पिके र पियरिक इम्रिक अबमियाङले गोल गर्दै बार्सिलोनालाई सानदार जिततर्फ अघि बढाए ।

माटेओ पोलिटानोले नापोलीका लागि अन्तिम एक गोल गरे ।

प्राप्त जितसँगै बार्सिलोना युरोपा लिग उपाधिको बलियो दाबेदार देखिएको छ ।

जाभीले रोनाल्ड कोम्यानलाई प्रतिस्थान गरेसँगै बार्सिलोनाको नतिजासमेत राम्रो देखिएको छ ।

बार्सिलोनाले १८ वर्षपछि पहिलो पटक युरोपा लिग खेलिरहेको छ ।

च्याम्पियन्स लिगको समूह चरणबाटै आउट भएको बार्सिलोनाले यस सिजन युरोपा लिग खेलेको हो ।

पछिल्लोपटक बार्सिलोनाले सन् २००३/००४ मा युरोपा लिग खेलेको थियो ।

त्यसयता उसले युरोपकै ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग खेल्दै आएको थियो ।

तर जारी सिजनको च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि जाभी नेतृत्वको बार्सिलोनाले युरोपा लिग खेलिरहेकाे छ ।

डर्टमुन्ड बाहिरियो :

युरोपा लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा बराबरी खेले पनि जर्मन क्लब बोरुसिया डर्टमुन्ड बाहिरिएको छ ।

रेन्जर्ससँग २–२ गोलको बराबरी खेले पनि समग्रमा ६–४ को हारसहित डर्टमुन्ड बाहिरिएको हो ।

पहिलो लेगमा डर्टमुन्ड घरेलु मैदानमा ४–२ गोलले पराजित भएको थियो ।

गएराति रेन्जर्सको मैदानमा बराबरी खेल्दा डर्टमुन्डका लागि जुडे बेलिङ्घम र डोनिएल मलेनले एक–एक गोल गरे ।

रेन्जर्सका जेम्स टेभर्निएरले दुई गोल गरे ।

यससँगै रेन्जर्सले अन्तिम १६ मा स्थान बनायो भने डर्टमुन्ड अन्तिम ३२ बाटै बाहिरियो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा

सोमबार २२ असार, २०८३
२६ minutes

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
१८ घण्टाअघि

इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने

आईतबार २१ असार, २०८३
१८ घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०