नेपाली क्रिकेट टाेलीमा करण ‘आउट’ र गुल्शन ‘इन’ हुने सम्भावना

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ फाल्गुण, २०७८
४ वर्षअघि
करण गुल्शन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायर गुमाउने सम्भावना बढेको छ ।

छनोटका लागि ओमान पुगेको १७ सदस्यीय नेपाली टोलीका साथमा प्रतियोगिता स्थल पुगे पनि चोटग्रस्त रहेका केसीले खेल गुमाउने सम्भावना उच्च रहेको हो ।

ढाडमा समस्या देखिएका कारण अनफिट रहेका उनले ओमानमा चार राष्ट्र सम्मिलित टी२० सिरिजका नेपालले खेलेका तीनै खेल खेलेनन् ।

फेब्रुअरी १८ देखि ओमानमा आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ का खेल सुरू हुँदैछन् ।

टोलीमा भरपर्दा अर्का तीव्र गतिका बलर सोमपाल कामी समेत नहुँदा नेपाललाई बलिङमा समस्या देखिने भएको छ ।

चोटका कारण कामी र केसी टिमबाट आउट भएपछि नेपाली टोलीमा अब जितेन्द्र मुखिया, अविनाश बोहरा र कमलसिंह ऐरीमा गरी तीन तीव्र गतिका बलर मात्र रहेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध खेल्दै सन् २०१५ मा नेपाली टोलीबाट टी२० मा डेब्यू गरेका ३० वर्षीय केसी ‘हार्ड हिटर’का रुपमा परिचित छन् ।

टी२० आईका ३३ खेलमा ४४ विकेट लिएका केसीले नेपालका लागि दुई सय २८ रन बनाएका छन् ।

लोअर अर्डरमा आएर खेल जिताउन सक्ने क्षमता राख्ने केसी टोलीमा नहुँदा नेपाललाई समस्या पर्ने निश्चित छ ।

तर उनको स्थानमा युवा खेलाडी गुल्शन झालाई ओमान पठाउने तयारी नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरिरहेको छ ।

दायाँ हाते बलर र बाँया हाते ब्याटर झाले भने नेपालका लागि टी२० आईमा डेब्यू गर्न बाँकी छ ।

१५ वर्षीय झाले गत सेप्टेम्बरमा ओमानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका क्रममा अमेरिकाविरुद्ध डेब्यू गरेका थिए ।

ओमान, क्यानडा र फिलिपिन्ससँगै समूह ‘ए’ मा रहेको नेपालको क्वालिफायर खेल्ने अन्तिम टोलीको घोषणा आज गरिँदैछ ।

प्रकाशित समय: मङ्गलबार ३ फाल्गुण, २०७८, ११:०५:०८
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०