ग्लोबल छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ माघ, २०७८
४ वर्षअघि

आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ ।

नेपाली टोली आज मङ्गलबार दिउँसो ओमान प्रस्थान गरेको हो ।

नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मङ्गलबार नै बिदाइ गरेका थिए ।

नेपाली टोलीले ओमानमा फेब्रुअरी १८ देखि २४ तारिखसम्म आयोजना हुने ग्लोबल छनोट खेलमा सहभागी हुने छ ।

यही वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् ।

नेपालले उद्घाटन खेलमा नेपालले फेब्रुअरी १८ तारिख आयोजक ओमानसँग खेल्नेछ ।

ग्लोबल छनोट खेलअघि नेपालले तयारीका लागि ओमानमा चार देश सम्मिलित सिरिज पनि खेल्नेछ ।

उक्त सिरिजमा नेपालसहित ओमान, यूएई र आयरल्यान्ड रहेका छन् ।

सिरिजमा नेपालले फेब्रुअरी ११ तारिख ओमान, १३ तारिखमा यूएई र १४ तारिखमा आयरल्यान्डसँग खेल्नेछ ।

यसैगरी ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।

समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ ।

दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

टोलीमा यस पटक सागर ढकाल पनि समेटिएका छन् ।

यसअघि क्यान र प्रशिक्षक पुबुदु दसानायकेले घोषणा गरेको १६ सदस्यीय टोलीमा उनी परेका थिएनन् ।

सागरलाई समेटेपछि १७ सदस्यीय टोल बनेको छ ।

सागरले हालै सम्पन्न प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

टोलीमा सागरसँगै सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख छन् ।

यस्तै, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र लोकेश बम पनि टिममा छन् ।

ग्लोबल छनोटको खेल तालिका :

फेब्रुअरी १८ – नेपालविरुद्ध ओमान

फेब्रुअरी १९ – नेपालविरुद्ध फिलिपिन्स,

फेब्रुअरी २१ – नेपालविरुद्ध क्यानडा

फेब्रुअरी २२ – सेमिफाइनल

फेब्रुअरी २४ – फाइनल

प्रकाशित समय: मङ्गलबार २५ माघ, २०७८, १६:३७:१०

सम्बन्धित खबर

सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०