जनगणनामा समलिङ्गी गणकको अनुभव : प्रश्न गर्दा प्रतिप्रश्नमा ‘जेन्डर’ र बिहेबारे सोधेर हैरानी !

माया श्रेष्ठ
शनिवार १४ फाल्गुण, २०७८
२ वर्षअघि
जनगणना

केन्द्रीय तथ्याङ्क विभागले गत बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्‍यो ।

जसअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

कुल जनसङ्ख्यामा एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष र एक करोड ४९ लाख एक हजार ६९ जना महिला रहेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।

प्रारम्भिक नतिजामा महिला र पुरुषको विवरण समेटिए पनि याैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समावेश छैनन् ।

महिला र पुरुष समावेश गरेपनि आफूहरूलाई नसमेटेको भन्दै धेरे लैङ्गिक अल्पसङ्ख्यकहरूले गुनासो गरिरहेका छन् ।

जनगणनाको प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कार्यको लागि १८१ कर्मचारी र स्थलगत कार्यमा करिब आठ हजार पाँच सय सुपरीवेक्षक तथा ३९ हजार गणकहरू संलग्न थिए ।

त्यसमध्ये जनगणनाका क्रममा केही लैङ्गिक अल्पसङ्ख्यक पनि गणकका रूपमा खटिएका थिए ।

त्यसमध्येका एक हुन्, ललितपुरको गोदावरी नगरपालिका–१४ का २८ वर्षीय निर्वान श्रेष्ठ ।

गणकका रूपमा खटिँदा उनले अनेकन अनुभव सङ्गाले ।

नगरभित्रका घर–घर पुगेर विवरण सङ्कलन गर्नुपर्ने भएका कारण उनी प्रत्येक घरमा घरबेटीलाई बोलाएर ८० वटा प्रश्न सोध्दै विवरण भर्थे ।

तर घरबेटीले उनलाई जवाफ दिँदै प्रतिप्रश्नमा भन्थे– ‘बाबू केटा हो कि केटी हो ?’

सुरुमा त उनी अनुत्तरित हुन्थे । तर यस्ता प्रश्न धेरै घरमा दोहोरिएका कारण उनलाई जवाफ दिन कर लाग्थ्यो ।

अनि जवाफमा उनी भन्थे– म केटा पनि होइन, केटी पनि होइन । अरूभन्दा फरक हुँ ।’

हुनपनि आजभन्दा नौ वर्षअघि अर्थात् १९ वर्षको उमेरमा उनले आफू फरक भएको थाहा पाएका थिए ।

तर फरक हुनुमा उनलाई त्यति दुःख थिएन, जति आजभोलिका प्रश्न र खिस्सीट्युरीले दिन्छन् ।

फरक भएर पनि साहसिलो भइ संसारसँग लड्न सक्नुमा गर्व थियो उनमा ।

गाउँघरमा विस्तारै ‘जेन्डर’बारे प्रश्न आउनेक्रम घट्दै थियो । तर जनगणनामा गणकको जिम्मा पाएपछि भने उनीमाथि प्रश्न तेर्सिरहे ।

त्यतिमात्र नभएर बिहेका बारेमा सोधे । धेरै ‘करकर’ गर्लान् भन्ने डरले कसैलाई गर्लफ्रेन्ड खोज्दै छु भनेर बनावटी जवाफ फर्काउँदै अगाडि बढ्थे ।

तथापि, उनी हालसम्म ‘सिङ्गल’ नै छन् ।

अनलाइनमार्फत जनगणनामा छनोट भएका उनले आफ्नै घर नजिकैको क्षेत्रमा विवरण सङ्कलन गरेका थिए ।

नुहाएर, पुजा गरी खाना पकाएपछि आफ्नो झोला र आइडी कार्ड भिरेर जनगणनाका लागि विवरण सङ्कलन गर्न निस्कन्थे उनी ।

घरमा बुबा र दिदी बिरामी भएको हुनाले सबै काम सकेर, उनीहरूलाई खाना र औषधि खुवाएपछि ठ्याक्क ९ः३० बजे घरबाट निस्किन्थे ।

घरबाट २० देखि २५ मिनेट हिँडेपछि उनि जनगणनाका लागि विवरण सङ्कलन गर्न तोकिएको क्षेत्रमा पुग्थे ।

आफूसँग भएको झोलाबाट प्रश्नावली निकालेर ८० वटा प्रश्न भएको प्रश्नावलीमा विवरण भर्थे ।

सुरुसुरुमा फारम भर्ने अभ्यास नभएको कारण पहिलो दिनमा ३० देखि ४० मिनेट लाग्थ्यो ।

विस्तारै बानी पर्दै गएपछि भने उनलाई एउटा घरमा १५ देखि २० मिनेटसम्म लाग्यो ।

एउटा घरमा सकेपछि उनी फेरि अर्को घरतर्फ लाग्थे ।

कहिले बिहान आउँनुस्, बेलुका आउँनुस्, खाजा खाइरहेका छौँ पछि आउँनुस् भनेर धेरैले फर्काउँथे पनि ।

आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले कहिले बिहान, कहिले बेलुका गएर पनि उनले झर्को नमानी विवरण सङ्कलन गरे ।

काम सकेर घर फर्कदा कहिले सात त कहिले साढे सात बजिसक्थ्यो ।

जे हाेस्, उनले आफ्नो जनगणनाको लागि गणकको जिम्मेवारी पूरा गरे ।

र, सबै गणक तथा कर्मचारीको मेहनतको फल पनि आइसकेको छ ।

मान्छेको व्यवहारले असहज

तर जनगणनामा गणकका रूपमा मान्छेहरूसमक्ष प्रस्तुत हुँदा आफूमाथि भने अरूले असहज तबरले प्रस्तुत भएको उनको गुनासो छ ।

आफूलाई बुझ्नेहरूको नजर सामान्य भए पनि धेरैले अर्कै पाराले हेरिराख्ने उनले बताए ।

कतिपयले हिम्मत गरेर भएपनि विभिन्न प्रश्न सोधेको उनी सम्झन्छन् ।

उनकै शब्दमा :

कतिपयले एउटा कुरा सोध्छु नरिसाउ ल भाइ तिमी केटा हो कि केटी हो भनेर प्रश्न गरेका थिए ।

गाजल पनि लाको छौ, लिपस्टिक नि लाको छौ भनेर सोधेका थिए ।

म यस्तै छु । संसारमा सबै केटा केटीमात्रै त हुन्नन् नि ! फरक किसिमको मान्छे पनि त हुन्छ । म अरूजस्तो लुकेर बसेको छैन । म जे हो त्यँही भन्छु भनेर उत्तर दिँदै गएँ ।

एक जनाले तिम्रो बिहे कोसँग हुन्छ भनेरसमेत सोध्नु भएको थियो ?

बिहे गर्नलाई म ब्वाइफ्रेन्ड खोज्दै छु भनेर जबाफ दिएपछि सबै गलल हाँसे ।

बाटोमा हिड्ने क्रममा धेरै जना मानिसहरू भेट भइरहेका हुन्छन् ।

आफूले जनगणना गर्ने क्षेत्रमा हेल्थ पोस्ट, पुलिस चौकी र स्कुल पनि  पर्थे ।

त्यहाँका र चिया खानका लागि बसेका मान्छेहरूले उनलाई देखेपछि अर्कै ग्रहबाट आएको जस्तो गरेर हेरिरहन्थे । 

उनीहरूले अलिकती खिस्सी गर्ने गरेको महसुस हुन्छ । आजकल कानुन लाग्छ भनेर थाहा भएको हुनाले होला आफ्नोअगाडि कसैले भन्दैनन् ।

पछाडि-पछाडि व्यङ्ग गर्ने देखि लिएर कतिपयले जिस्काउन खोज्छन् ।

मान्छेहरूले जे भनेपनि आफूले नकारात्मक सोच्नुभन्दा पनि आफ्नै तरिकाले काम गर्ने गरेको छु ।

को हुन् त निर्वान ?

वास्तविक नाम अर्कै भएपनि चलनचल्तिका लागि र सबैले चिन्नेगरी उनले आफ्नो नाम निर्वान श्रेष्ठ राखेका हुन् ।

हाल उनी मास्टर्स (एमबिएस) गर्दै छन् ।

जनगणनामा गणकको जिम्मेवारी पाउनुअघि उनले चक्रपथको एउटा खाजा पसलमा भाडा माझ्ने काम गर्दै आएका थिए ।

साथीहरू र फेसबुकमार्फत थाहा पाएर दुई वर्षअघि उनी ब्लु डायमन्ड सोसाइटी (समलिङ्गी अफिस)मा भोलुन्टरको रूपमा पनि कार्यरत थिए ।

उनले त्यहाँ लगभग एक वर्ष जति काम गरेका थिए ।

नयाँहरूलाई चान्स दिनुपर्छ भनेर पुरानालाई निकाल्दा उनी पनि सो समूहमा परेपछि कामविहीन भए ।

कोरोनाको समय पनि थियो ।

त्यसपछि कतै काम खोज्दा पनि पाएका छैनन् ।

बेरोजगार हुनुमा लैङ्गिक पहिचान पनि एक कारण बनेको उनको गुनासो छ ।

‘हामीजस्तो मान्छेहरूलाई काम दिन पनि नखोज्ने रहेछ, पढाइ छ, काम गर्ने क्षमता छ तर अवसर छैन, ‘ उनको गुनासो छ ।

आफूले ब्याचलर पास गरेर मास्टर पढ्दै गर्दा पनि विभिन्न ठाउँमा जबको लागि एप्लाई गर्दा पनि अरूले काममा राख्न नखोजेको उनको गुनासो छ ।

कतै काम नपाएपछि उनले महाराजगन्ज चक्रपथमा डिस वासरको काम पनि गरेका थिए ।

काम नै नपाएपछि महिनाको ८–१० हजार भएपनि हुन्छ सोचेर बिहान सात बजे काममा गएर बेलुका पाँच बजे फर्किने गरेको उनी सम्झन्छन् ।

‘दिनभरि होटलमा काम गर्न गाह्रो भएपनि भाडा माझ्न नराम्रो त होइन’, उनले भने, ‘मेहनत गरेर खाने हो भन्ने सोचेर काम गरिरहेँ । अरू काम नपाउन्जेलसम्म गर्छु भनेर गरेको थिएँ ।’

प्रकाशित समय: शनिवार १४ फाल्गुण, २०७८, ११:०५:४४

सम्बन्धित खबर

शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शुक्रबार १४ ब‌ैशाख, २०८१
७ दिनअघि

‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली

बिहिबार १३ ब‌ैशाख, २०८१
१ हप्ताअघि

डढेलो निभाउन गएको दमकल नै जल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
१ हप्ताअघि

धारिलो हतियार देखाएर बुहारीमाथि बलात्कार, आठ महिनापछि पक्राउ परे ससुरा

बिहिबार १३ ब‌ैशाख, २०८१
१ हप्ताअघि

एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल

सोमबार १० ब‌ैशाख, २०८१
२ हप्ताअघि

भूत-प्रेत लागेको ठानेर सुत्केरी व्यथाले च्यापेको एक दिनपछि अस्पताल पुगेकी सुत्केरीको मृत्यु

सोमबार १० ब‌ैशाख, २०८१
२ हप्ताअघि
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०