श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ ब‌ैशाख, २०८३
६ महिनाअघि
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ विपरीत श्रमिकलाई रोजगार सम्झौताविना काममा लगाउने तथा तोकिएको समयभन्दा बढी काम गराउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै केही अस्पताल, स्वास्थ्य संस्था तथा अन्य प्रतिष्ठानले श्रम सम्झौता नगरी काममा लगाउने गरेको पाइएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।

कानुनअनुसार रोजगारदाता र श्रमिकबीच सेवा, सर्त तथा सुविधा सम्बन्धी रोजगार सम्झौता अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था छ। सम्झौता भएपछि मात्र श्रमिकलाई काममा लगाउन पाइने र नियुक्तिपत्र समेत सोही प्रक्रियाअन्तर्गत पर्ने स्पष्ट गरिएको छ।

विज्ञप्तिमा प्रशिक्षार्थीलाई दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने तथा अन्य श्रमिकलाई पनि कानुनले तोकेको समयसीमाभन्दा बढी काम गराउन नहुने उल्लेख छ।

Advertisement

त्यस्तै, अतिरिक्त समय (ओभरटाइम) काम गराउँदा पनि कानुनी प्रावधानअनुसार सीमित घण्टामात्र काम लगाउन पाइने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयका अनुसार केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीलाई नियमविपरीत काममा लगाइएको र तोकिएको भन्दा बढी समय काम गराइएको भन्ने उजुरी प्राप्त भएका छन्।

यसप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्त्रालयले सबै रोजगारदाता र श्रमिकलाई प्रचलित श्रम कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, कानुन विपरीत कार्य गरेको पाइए श्रम ऐन २०७४ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी

बुधबार १४ असोज, २०८३
११ घण्टाअघि

इटहरीमा सीप तथा रोजगार मेला सुरु

बुधबार १४ असोज, २०८३
११ घण्टाअघि

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बुधबार १४ असोज, २०८३
१३ घण्टाअघि

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
१४ घण्टाअघि

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

बुधबार १४ असोज, २०८३
१८ घण्टाअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०