सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ ब‌ैशाख, २०८३
५ महिनाअघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्पत्ति छानबिन र पब्लिक अडिटबाट आफ्नो पार्टीका कुनै पनि नेता बाहिर नरहेको बताएका छन्।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य दलका नेताहरूलाई जस्तै रास्वपाका नेताहरूलाई पनि कानुन र नियम समान रूपमा लागू हुने स्पष्ट पारे।

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत खुलाउनुपर्नेमा जोड दिँदै उनले आफूहरूले छानबिनका लागि आयोग नै गठन गरिसकेको जानकारी दिए। “हामी कोही पनि छानबिनबाट बाहिर छैनौं। मेरो त बैंक स्टेटमेन्ट नै सार्वजनिक छ। अरूलाई जे नियम लागू हुन्छ, रास्वपाका नेतालाई पनि त्यही नियम लागू हुन्छ,” उनले भने।

यसै अवसरमा उनले पार्टीको संसदीय दलको उपनेतामा गणेश पराजुली लाई चयन गरिएको औपचारिक घोषणा पनि गरे। यसअघि निर्णय सार्वजनिक गर्न प्राविधिक रूपमा छुटेको उनले उल्लेख गरे।

संसद्को भूमिकाबारे बोल्दै लामिछानेले संसद् मर्यादित र सक्रिय हुनुपर्नेमा जोड दिए। समाजमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रकाशित समय: बिहिबार ३ ब‌ैशाख, २०८३, १५:५१:३७
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०