ध्यान दिनुहोस्, यस्ता सङ्केत देखिएमा हुनसक्छ ‘हर्टअट्याक’

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
२ वर्षअघि

हृदयघात अर्थात हर्टअट्याक भनेको मुटुको कुनै पनि धमनीहरूमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो ।

यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने स-साना धमनीहरूको अवरोध भएर भएको हृदयघात कहिलेकाँही मानिसलाई थाहा नहुन पनि सक्छ ।

यसैले पनि हृदयघात एक्कासि आएर ज्यान लग्ने रोगका नाममा भनेर चिनिन्छ ।

खानपानमा ध्यान नदिनु, धुम्रपान मध्यपान गर्नु र व्यायाम नगर्नु यसका मुख्य कारण रहेका छन् ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमानै नियन्त्रणमा राख्न सकेमा हृदयघात कम हुनसक्छ ।

मोटोपन कम गर्ने व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवन शैलीमा सुधार ल्याउने हो भने समयमानै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

हुदयघात हुन लागेको लक्षण हाम्रो शरीरले नै देखाउने गर्छ ।

हृदयघात हुनुभन्दा अगाडि यसको साधारण लक्षण मात्र हुन्छ ।

जब व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ उक्लँदा, मानसिक तनाव बढ्दा छातीको बीचमा वा देव्रेतिर भारी हुने, ढुङ्गाले थिचे जस्तो अनुभव हुने लक्षण देखा पर्छ ।

यस्तै, स्वाँ स्वाँ बढ्ने तर आराम गरे पछि सन्चो हुने र कहिले काही देव्रे हातमा वा च्यापूतिर पनि दुखाई सरेको जस्तो पनि हुनसक्छ ।

यदि यस्तो लक्षण देखा परेमा तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरूरी छ ।

यी सङ्केत देखिए होशियारी अपनाउनुपर्छ :

सानोतिनो काम गर्दा पनि कमजोरी अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको बुझ्नुपर्दछ ।

भारी काम गर्दा गल्नु स्वभाविक भएपनि जतिबेलै थकान लाग्नु गम्भीर समस्या हुन सक्छ ।

छाती निरन्तर चस्किने गर्नु पनि हृदयघातको सङ्केत हो ।

छातीमा दबाब अनुभूति हुनुे मुटुमा समस्या हुन सक्ने सङ्केत गर्छ ।

मुटुमा समस्या हुँदा शरीरमा रक्तसञ्चार सहज हुँदैन जसका कारण खुट्टा सुन्निने समस्यादेखा पर्छ ।

जसले हृदयघातको खतरा बढेको सङ्केत गर्छ ।

छातीमा निरन्तर दुखाई अनुभव हुनु वा ढाड दुख्नु पनि हृदयघात हुनुअघिको लक्षण हो ।

खाना अपच हुने वा वान्ता हुने समस्या देखिनु पनि मुटुमा समस्या भएको सङ्केत हुन सक्छ ।

कसैलाई मुटुको गम्भीर समस्या छ भने स्वासमा कठिनाइ देखिने गर्दछ ।

धड्कन बढ्नु र स्वासप्रश्वासमा समस्या देखिनु हृदयघातको लक्षण हो ।

टाउको, गर्धन, बायाँ हात निरन्तर पीडा भइरहेको छ भने पनि सो मुटुको समस्या हुन सक्छ ।

निरन्तर तनाव भएर रिङ्गटा पनि आउन थाल्यो भने सो हृदयघातको सङ्केत समेत हुने गर्छ ।

यो पनि :

मोटोपनाले क्यान्सरकाे जाेखिम बढाउँछः अध्ययन

प्रकाशित समय: बुधबार १९ माघ, २०७८, ११:४९:२१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०