रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । रंगेली नगरपालिकाले गत महिना आगलागीमा परेर घर गुमाएका २२ परिवारका लागि नयाँ घर बनाइदिने भएको छ ।
रंगेली नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले २२ वटा घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

अग्निपीडित प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि २०७७ अनुसार घर निर्माणको प्रक्रिया अघि बढाइएको नगरप्रमुख दिलिप बगडियाले जानकारी दिए ।

गत चैत ३ गते रंगेली नगरपालिका-३ स्थित बाबुसाहेव टोलमा भीषण आगलागी हुँदा सन्थाल समुदायका २३ वटा घर जलेका थिए ।

२३ मध्ये एक परिवारको अर्कै स्थानमा पक्की घर देखिएका कारण २२ परिवारका लागि नयाँ घर बनाइदिने तयारी थालेको नगरप्रमुख बगडियाको भनाइ छ ।

‘आर्थिक अवस्था कमजोर भएका परिवारले घर गुमाएपछि खुला चौरमा बस्नु परेको छ,’ उनले भने, ‘अधिक गर्मी र निकट भविष्यमा सुरु हुने बर्खाले उहाँहरूको जनजीवन झन् कष्टकर हुने भएकोले घर बनाइदिने तयारी गरिएको हो ।’

अग्निपीडितले क्षति पुगेका निजी आवासको विवरण नगरपालिकामा पेस गरेपछि नगरले अग्निपीडितलाई पुनर्स्थापनाको प्रक्रिया अघि बढाएको थियो ।

कार्यविधिको दफा ३ बमोजिम लाभग्राही पहिचानको काम सकिएको छ । नगरपालिकाले प्रतिघर ६ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण गर्ने छ ।

नयाँ घर बनाउन लाग्ने कुल लागतको ३० प्रतिशत प्रदेश सरकारले साझेदारी गर्ने छ भने स्थानीय सरकारले १४ प्रतिशत खर्च बेहोर्ने छ ।

यस्तै, संघीय सरकारले ५५ प्रतिशत हुन आउने रकम तीन लाख ५५ हजार रुपैयाँका दरले उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

घर निर्माणका लागि डेमिडेनस र लुथरन वर्ल्ड फेडेरेसनलेसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख बगडियाले बताए ।

नगरपालिकाले एउटा भान्छा कोठा, खानेपानीका लागि ट्युबेल र शौचालय पनि निमार्ण गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने र पुनर्स्थापित गर्ने छ ।

नगरपालिकाले बस्ती पुनर्निर्माणका लागि सर्वसाधारणसँग क्युआर कोडमार्फत सहयोग आह्वान गरेको थियो । हालसम्म क्युआर कोडमार्फत ६ लाख १५ हजार रुपैयाँ नगद संकलन भएको जानकारी दिइएको छ ।

अग्नि पीडितहरूलाई वर्षायाम सुरु हुनुअघि नै घर हस्तान्तरण हुने गरी काम गर्ने नगर प्रमुख बगडियाले बताए ।

उनका अनुसार कंक्रिट र बाँसबाट निर्माण हुने घरमा टिनको छाना लगाइने छ भने बर्खामा आफ्नै घरमा बस्न सक्नेगरी काम अघि बढाइने छ ।

प्रकाशित समय: आईतबार १६ ब‌ैशाख, २०८१, १४:०८:५९

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०