मल्टीस्टारर बलिउड फिल्ममा कति र कस्तो हुन्छ विपीनको भूमिका ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
५ वर्षअघि

अभिनेता विपिन कार्की बलिउड फिल्ममा काम गर्ने भएका छन् ।

हिन्दी चलचित्र ‘एनिमल’ बाट उनले बलिउड यात्रा सुरू गर्न लागेका हुन् । यो चलचित्रका लागि निर्माण टिमले अगस्टमा विपिनलाई मुम्बई बोलाएको छ । उनी चलचित्रमा भारतीय अभिनेता अनिल कपूरसँग देखिनेछन् ।

उनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेका थिए । निर्माण टिमले विपिनको ’सेल्फी किङ’ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको बताएकाे छ ।

सन्दीपसँग विपिनलाई जोड्ने काम भने ‘सेल्फी किङ्ग’ का निर्देशक विशाल सापकोटाले गरेका हुन् । ‘अर्जुन रेड्डी’ को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका सन्दिप रेड्डी भांगाकाे निर्देशन रहेको यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाकाे अभिनय रहनेछ । रनविरसँग फिल्म खेल्ने विपिन दोस्रो कलाकार हुन् । यसअघि फिल्म ‘बर्फी’ मा भोला सापकोटाले कपुरसँग अभिनय गरेका थिए ।

थिएटरबाट फिल्ममा स्थापित हुन सफल विपीनले ठुलो ब्यानरमा निर्माण हुन लागेको एक्सन ड्रामा विधाको फिल्म एनिमलमा अभिनय गर्ने पक्का भएको हो । नेपालका कमै कलाकारले बलिउड फिल्ममा मौका पाएका छन् । त्यसमध्ये ठुला ब्यानरका फिल्ममा धेरै कमले । झरना बज्राचार्य, भोलाराज सापकोटा, सुनील थापालगायतले ठुला ब्यानरका फिल्ममा अभिनय गर्न पाएका थिए । विपीनले भने अहिलेका चल्दोबल्दो निर्देशकका साथ काम गर्न लागेका हुन् ।

विपीनले गुरुकुल नाटक घरमा नाटकको प्रशिक्षण लिएर ‘आचार्य’ फिल्ममा सानो भूमिकामा अभिनय गर्दै ठूलो पर्दाको यात्रा सुरु गरेका थिए । ‘लुट’मा पनि सानो भूमिकामा मै देखिएका विपिनले ‘छड्के’मा गरेको विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए । तर ‘पशुपतिप्रसाद’काे भष्मे डनको भूमिकाले भने विपीनलाई अभिनयमा बहुआयामिक कलाकारको रूपमा स्थापित गरिदियाे ।

यो फिल्ममा विपीनको भूमिका कति र कस्तो हुन्छ भन्ने कुतूहलता सबै नेपाली दर्शकमा छ । हुन त विपीनले अहिलेसम्म फिल्मको स्क्रप्ट पाएका छैनन् यसकारण फिल्मको कथा र त्यसमा आफ्नो भूमिकाबारे उनी स्वयम् पनि धेरै जानकार छैनन् । तर पनि काम सुरु गर्नका लागि प्रोडक्सन टिमले तपाईंको उपस्थिति सम्मानजनक हुनेछ भनेका कारण आशावादी छन् विपीन । फिल्ममा आफ्नो धेरै दृश्य अनिल कपुरसँग हुने उनको भनाइ छ ।

अनिल, रनवीर, परिनीति र बबीजस्ता कलाकारसँग काम गर्न पाउँदा उत्साहित देखिएका विपीनले बलिउडसम्मको सपना देख्न सुरु नै गरेका थिएनन् । हुन त उनलाई याे पहिलो अफर भने होइन, यसअघि पनि ‘मस्ट वान्टेड’ फिल्ममा अडिसनका लागि विपिनलाई मुम्बईबाट बोलाइएको थियो । तर त्यसबेला प्रसादको छायांकनमा उनी व्यस्त रहेकाले त्याे सम्भव भएन ।

जात्रैजात्रापछि पनि उनलाई केही सिरिजका लागि हिन्दीमा अडिसन भिडिओ पठाउन भनिएको थियो । तर त्यसमा सफल नभएका विपीनले ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटामार्फत् यो अफर पाएका हुन् ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, १७:३९:१७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
१ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
२ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
६ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
७ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०