अमेरिका: रेबिजका कारण पाँचको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
२ वर्षअघि

कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपले फैलिरहेको बेला अमेरिकामा रेबिजका कारण पाँच जनाको मृत्यु भएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार अमेरिकामा गत वर्ष (सन् २०२१ मा) रेबिजबाट पाँच जनाको मृत्यु भएको छ । जुन एक दशकको अवधिमा सबैभन्दा धेरै रहेको जनाइएको छ । मृत्यु हुनेमध्ये एक जना सात वर्षको बच्चा पनि थियो ।

रेबिज भएका तीनको मृत्यु पाँच हप्तामा भएको थियो । चमेरोको सम्पर्कमा आएपछि तीन देखि सात हप्तामा लक्षण देखिएका थिए । मृत्यु भएका पाँचमध्ये चार जनाले खोप लगाएका थिएनन् ।

चेमेरोको सम्पर्कबाट रेबिजको ​​जोखिम बारे थाहा नपाएको कारण दुईजनाले खोप नलगाएको जनाइएको छ ।

एक पटक भाइरस मस्तिष्कमा पुगेपछि, मानिसलाई पानीसँग डर लाग्ने, अचेत हुने, अत्यधिक र्याल आउने र अन्य लक्षणहरू निम्त्याउँन सक्छ । अन्ततः सङ्क्रमित कोमा जान्छ र उसको मृत्यु हुन्छ । एक पटक लक्षणहरू सुरु भएपछि, रेबिज लगभग सधैँ घातक हुन्छ ।

सन् १९०० को दशकपछि हरेक वर्ष अमेरिकामा रेबिजका कारण एक सय बढीको मृत्यु हुने तथ्याङ्क छ । खोप, जनचेतना, जनावरको हेरविचारका कारण १९६० पछि बिरामीको सङ्ख्यामा कमि आएको थियो ।

सिडिसीको रिपोर्ट अनुसार २००७ मा चमेरोबाट फैलने रेबिज अत्यन्त कम थियो ।

सन् २०११ मा ६ जना, २०१८मा तीन जनाको मृत्यु भएको थियो । सन् २०१९ र २०२० मा रेबिजको सङ्क्रमण तथा मृत्यु समेत रिपोर्ट गरिएको थिएन ।

रेबिज सङ्क्रमण भएका कुकुर, स्याल, चमेरो जस्ता जनावरका कारण रेबिज फैलिन्छ । अमेरिकामा ७० प्रतिशत रेबिजको सङ्क्रमण चमेरोबाट हुने गरेको पाइएको छ ।

सिडिसीले मानिसलाई चमेरोको सम्पर्कमा नआउन र सम्पर्कमा आइहाले रेबिज भएनभएको र यसविरुद्ध खोप लिनका लागि तुरुन्त स्वास्थ्य विभाग वा जनावर नियन्त्रण केन्द्रमा जानकारी दिन सल्लाह दिएको छ ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, २१:३६:२२
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०