महिलालाई पित्तथैलीको पत्थरीको सम्भावना धेरै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ पुस, २०७८
५ वर्षअघि

पित्तथैलीको पत्थरी हुने सम्भावना पुरुषमा भन्दा धेरै महिलामा हुने गरेकाे पाइएकाे छ ।

बच्चादेखि वृद्ध सबै उमेरका मानिसलाई हुन सक्ने भएपनि पित्तथैलीको पत्थरी महिलामा बढी हुने गरेकाे चिकित्सक बताउँछन् ।

विशेषतः प्रजनन उमेर समूहका महिलामा पित्तथैलीको पत्थरी हुने सम्भावना बढी हुन्छ । त्यस्तै, धेरैपटक गर्भवती भएकी महिला, गर्भ निरोधक साधन प्रयोग गर्ने महिला, बच्चा धेरै जन्माएका महिलालाई पनि पित्तथैलीमा पत्थरी हुने सम्भावना अधिक हुने गरेकाे पाइएकाे छ ।

४० वर्ष उमेर कटेका, मोटोपनाको समस्या भएका, चिल्लो तथा बोसोयुक्त खाना बढी खाने मानिसमा पित्तथैलीको पत्थरी हुने गर्छ ।

त्यसबाहेक कोलेस्ट्रोल बढी भएका, रगतसम्बन्धी समस्या भएका, खानपानका कारण, छोटो समयमा धेरै तौल घटाउने र धेरै समय व्रत बस्ने, कलेजोको रोग लागेका तथा प्यान्क्रियाटाइटिस सम्बन्धी रोगमा चलाइने औषधिका कारण पनि पित्तथैलीको पत्थरीको हुने सम्भावना धेरै हुन्छ ।

वंशानुगत कारणले पनि हुने याे राेग महिलामा एस्ट्राेजन हर्माेनका कारण बढी हुने गरेकाे चिकित्सक बताउँछन् ।

सामान्यतया बिरामीमा लक्षण नदेखिने भएकाले मानिसले बेवास्ता गर्ने गरेका छन् । पेट, दाहिने काेखा र माथिल्लाे पेट दुख्नु पित्तथैलीकाे पत्थरीकाे सुरूवाती सङ्केत हाे । पेट ढुस्स हुने, अपच भएर डकार आउनुले भने शरीरमा जटिलता बुझाउने गर्छ ।

पत्थरीका कारण गम्भीर समस्या निम्तिन सक्ने भएकाले समयमै यसकाे उपचार गराउनु बुद्धमानी हुने चिकित्सक सल्लाह दिन्छन् । यसका लागि दूरबिन प्रविधिले अप्रेसन गरी पित्तथैली निकाल्ने गरिन्छ ।

प्रकाशित समय: शुक्रबार २३ पुस, २०७८, २२:४७:१६
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०