पत्रकारिताबाट पार्टी राजनीतिमा पोख्रेलको प्रवेश, कांग्रेस लुम्बिनी महामन्त्रीमा उम्मेदवारी घोषणा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ मङ्सिर, २०८३
२१ minutes

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल नेपाली कांग्रेसको सक्रिय राजनीतिमा अघि बढेका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित पोख्रेलले अब कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रदेश नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका पोख्रेलले पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफललाई तीव्रता दिएका छन्। उनले बुधबार दाङको घोराहीमा आयोजित एक भेलामार्फत औपचारिक रूपमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै सहयोगका लागि अपिल गरेका हुन्।

Advertisement

भेलामा कांग्रेस उपसभापति भुवन श्रेष्ठ, महामन्त्री सुरेन्द्र आचार्य र कोषाध्यक्ष प्रकाश रानालगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो। पोख्रेलले पार्टीको प्रदेश संरचनालाई बलियो बनाउने र यसको महत्व स्थापित गर्ने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशन हुन बाँकी रहेकाले लुम्बिनी प्रदेशमा आन्तरिक चुनावी सरगर्मी बढेको छ। प्रदेश सभापति पदका लागि उपसभापति भुवन श्रेष्ठ र महामन्त्री सुरेन्द्र आचार्यले पनि आफ्नो दाबेदारी प्रस्तुत गर्दै जिल्ला दौडाहलाई तीव्र बनाएका छन्।

त्यस्तै, अर्का उपसभापति राजु खनालले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महामन्त्री पदमा पोख्रेलसँगै प्रदेश कोषाध्यक्ष प्रकाश राना पनि आकांक्षी देखिएका छन्।

प्रदेश नेतृत्वका लागि नेताहरूले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका बेला वर्तमान प्रदेश सभापति अमरसिंह पुन भने सर्वसम्मत नेतृत्व चयनको पक्षमा देखिएका छन्। आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्नु स्वाभाविक भए पनि आफ्नो अधिकतम प्रयास प्रदेश कार्यसमितिलाई सर्वसम्मत बनाउने रहने उनले बताएका छन्।

प्रदेश नेतृत्वका आकांक्षीहरूबीच भेटघाट र छलफल जारी रहँदा लुम्बिनी कांग्रेसको आगामी अधिवेशन थप प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

फिफा र एएफसीका शीर्ष अधिकारीसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फाको प्रतिबन्ध फुकुवा हुनेमा सकारात्मक संकेत

शुक्रबार ५ मङ्सिर, २०८३
२ घण्टाअघि

राखेपले गर्यो एन्फामाथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा

बिहिबार ४ मङ्सिर, २०८३
१९ घण्टाअघि

निर्वाचनमा एमालेले व्यहोरेको धक्का अस्थायी हो : विद्यादेवी भण्डारी

बिहिबार ४ मङ्सिर, २०८३
१ दिनअघि

दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि

नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि

एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि
पत्रकारिताबाट पार्टी राजनीतिमा पोख्रेलको प्रवेश, कांग्रेस लुम्बिनी महामन्त्रीमा उम्मेदवारी घोषणा
शुक्रबार ५ मङ्सिर, २०८३
नेपाली बजारमा सुनको भाउमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तो
शुक्रबार ५ मङ्सिर, २०८३
फिफा र एएफसीका शीर्ष अधिकारीसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फाको प्रतिबन्ध फुकुवा हुनेमा सकारात्मक संकेत
शुक्रबार ५ मङ्सिर, २०८३
राखेपले गर्यो एन्फामाथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा
बिहिबार ४ मङ्सिर, २०८३
निर्वाचनमा एमालेले व्यहोरेको धक्का अस्थायी हो : विद्यादेवी भण्डारी
बिहिबार ४ मङ्सिर, २०८३
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०