विराटनगर । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन २० हजार ५ सय रूपैयाँले बढेर ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ३४५ रूपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।