बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १६ जेठ, २०८३
४ महिनाअघि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट आर्थिक रूपमा बोझिलो रहेको टिप्पणी गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेको २४ घण्टा नपुग्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै सरकारले ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अवलम्बन गरेको आरोप लगाएको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै बजेटको समग्र स्वरूप आर्थिक रूपमा बोझिलो रहेको बताएका छन्। “समग्रमा यो बजेट आर्थिक रूपमा बोझिलो छ। तर, मृदुभाषामा कमजोरी लुकाइएको छ,” उनले लेखेका छन्।

कांग्रेसले सामाजिक सञ्जालबाट उदाएको सरकारले डिजिटल प्लेटफर्मलाई नै खुसी पार्ने गरी बजेट ल्याएको दाबी गरेको छ। चालिसेका अनुसार वितरणमुखी बजेट ल्याएर सरकारले आफ्ना पूर्वप्रतिबद्धता र घोषणाहरूलाई केवल प्रचारको माध्यम बनाएको देखिएको छ।

कांग्रेसले बजेटमा चालु खर्च अत्यधिक र पुँजीगत खर्च न्यून रहेको भन्दै असन्तुष्टि जनाएको छ। चालिसेका अनुसार कुल बजेटको ५९.८ प्रतिशत अर्थात् १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ चालु खर्चमा विनियोजन गरिएको छ भने पुँजीगत खर्च २०.३ प्रतिशत अर्थात् ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ मात्र रहेको छ।

कांग्रेसले बजेटमाथि उठाएका मुख्य प्रश्नहरू यस्ता छन्–

  • चालु खर्च नियन्त्रण गर्ने र पुँजीगत खर्च बढाउने विश्वसनीय योजना नदेखिएको।
  • ६ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य पुँजीगत खर्चभन्दा २ खर्ब २६ अर्ब १८ करोड रुपैयाँले बढी रहेको।
  • राजस्व संकलनको १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँको लक्ष्य महत्वाकांक्षी भए पनि त्यसलाई समर्थन गर्ने उत्पादन, उद्योग, निर्यात र रोजगारी वृद्धिका ठोस आधार नभएको।
  • आयकर दर घटाइए पनि बिजुली, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा नयाँ कर तथा शुल्क विस्तार गरिएकाले कर नीतिमा विरोधाभास देखिएको।
  • किसान, गरिब तथा उत्पादनमुखी क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको तथा चिया, अलैँचीजस्ता निर्यातयोग्य वस्तुको प्रवर्द्धनका लागि उल्लेखनीय योजना नआएको।

कांग्रेसले बजेटले उत्पादन र निर्यात बढाउनेभन्दा उपभोगमा आधारित राजस्व संकलनलाई प्राथमिकता दिएको दाबी गर्दै यसले व्यापार घाटा झन् बढाउने सम्भावना रहेको जनाएको छ।

प्रकाशित समय: शनिवार १६ जेठ, २०८३, १६:३६:५६

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
१ दिनअघि

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
७ दिनअघि
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०