वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा

माधव काफ्ले
आईतबार १७ जेठ, २०८३
३ महिनाअघि

विराटनगर । मोरङका एक युवाले विदेश गएका कामदारको तलबबाटै रकम कटौती गर्न लगाएर रकम ठगी गर्ने गरेको पाईएको छ ।

विदेशमा रोजगारीको आकर्षक अवसरको प्रलोभन देखाई युवाहरु विदेश पठाएर उनीहरुको तलबबाटै रकम कट्टा गर्न लगाएर मोरङका प्रकाश दाहालले ठगीधन्दा चलाएको पाईएको हो । गन्तव्य मुलुकको स्थानीय म्यानपावर कम्पनीसँगको मिलमत्तोमा विदेश गईसकेका कामदारहरुको तलबबाट सेवाशुल्कको नाममा दोहोरो रकम भुक्तानी गर्न लगाएर दाहालले युवाहरु ठगीरहेको भेटिएको हो । ठगिएको थाहा पाएर झापा र मोरङका पिडित परिवारले प्रहरीमा निवेदन दिएपछि उक्त घटना बाहिर आएको हो ।

मोरङको सुन्दरहरैंचा घर बताउने अन्दाजी वर्ष ३८ का प्रकाश दाहालले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न प्रलोभन देखाई युवाहरूलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङमा घटना दर्ता भएको हो । आकर्षक तलब र विभिन्न सेवा-सुविधासहित माल्दिभ्स, सिंगापुर र युरोपका विभिन्न देशमा रोजगारीको अवसर मिलाईदिने आश्वासन दिँदै मोटो रकम असुलेर युवाहरुलाई ठगी गर्ने गरेको भेटिएपछि पिडित पक्षले प्रहरीमा जाहेरी दिएका हुन् । दाहालले सेवाशुल्क भन्दै युवाहरूसँग चर्को रकम असुलेर भनेजस्तो काममा नलगाईदिएर सम्पर्कविहीन भएको पिडितका परिवारले बताएका छन् ।

परिवारका अनुसार सम्बन्धित देशको म्यानपावर कम्पनीलाई पनि रकम बुझाउनुपर्ने भन्दै दाहालले युवाहरुसँग मोटो रकम असुली गर्छन् । तर कामदारलाई विदेश पठाईसकेपछि सम्बन्धित देशको एजेन्ट वा म्यानपावर कम्पनीलाई कुनैपनि रकम नबुझाई सम्पर्कविहिन हुन्छन् । गन्तव्य मुलुकको म्यानपावर कम्पनीले पाउनुपर्ने रकम नपाएपछि सेवाशुल्क बापतको उक्त रकम अन्त्यमा रोजगारीको शिलशिलामा विदेश गएका कामदारको तलबबाट मासिक रुपमा काटिन्छ । दाहालले यसरी नै मोरङ, सुनसरी र झापाका धेरै २० देखि ४० वर्ष उमेर समुहका धेरै सर्वसाधारणलाई ठगेको भेटिएको छ ।

वैदेशिक रोजगारीको प्रक्रिया सुरु भएर आफ्नो गन्तव्य मुलुक पुगुन्जेलसम्म सबै ठीकै देखिएपनि विदेश पुगिसकेपछि कामदारहरु समस्यामा पर्ने गरेको पिडित परिवारको गुनासो छ । विदेशमा रहेका युवाहरु आर्थिक संकटमा पर्नुका साथै मानसिक तनावको शिकार समेत भएको उनीहरुको भनाई छ ।

दाहालमार्फत वैदेशिक रोजगारीमा गएका एक युवा रमेश पनि हुन् । विराटनगर–५ का वर्ष २४ का रमेश मण्डल (परिवर्तित नाम) ले पनि दुई महिनाअघि वेटरमा काम गर्न जाने भनी प्रकाश दाहालसँग छरछिमेकसँगको चिनजानमार्फत् सम्पर्क गरेका थिए । दाहालले माल्दिभ्सको गोल्ड कम्पनी प्रा.लि.मा रोजगारीको अवसर रहेको भन्दै मासिक ६,०००/– माल्दिभियन रुफिया तलबमा काम गर्न मण्डललाई माल्दिभ्स पठाईदिए । त्यसबापत टिकट, श्रम तथा मेडिकलबाहेक भिषा र सेवाशुल्क बापतको रकम भन्दै उनीबाट दाहालले कुल १ लाख ८० हजार रुपैयाँ लिए । त्यसमा माल्दिभ्सको म्यानपावर कम्पनीलाई भिषा र सेवा शुल्कबापत् १ लाख ४० हजार रुपैयाँ बुझाउनुपर्ने र बाँकी रकम आफुले काम गरेबापत लिने सहमति थियो । टिकट, श्रम र मेडिकल चेकजाँचको रकम मण्डल आफैले व्यहोरे । तर, हाल उनी विदेश गईसकेको दुईमहिना बितिसक्दा समेत दाहालले सम्बन्धित म्यानपावरलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरेका छैनन् । उक्त बक्यौता रकम हाल मण्डलको तलबबाट मासिक ३० हजारका दरले कट्टा भईरहेको उनले बताएका छन् । बुझ्दै जाँदा दाहालले यसरी अन्य थुप्रै युवाहरुलाई फसाएको भेटिएको उनको भनाई छ । ‘यहाँ आएर बुझ्दा उनीबाट यसरी ठगिने अन्य धेरै छन । काम अनुसार प्रतिव्यक्ति ३ लाख रुपैयाँसम्म संकलन गरिएको छ ,’ मण्डलले भने, ‘मलाई वेटरको काम त दिईएको छ । तर, कम्पनीले टोईलेट समेत सफा गर्न लगाउँछ । यहाँ नेपालको दुतावास नभएका कारण उजुरी गर्न समेत गाह्रो छ ।’

मोरङ प्रहरीमा जाहेरी परेपछि झापाको मेचीनगर–१३ बस्ने ३८ वर्षीय सुरज कुमार कार्की (परिवर्तित नाम) पनि दाहालसँगै यसरी नै ठगिएको खुलेको छ । आफ्नो नाम प्रकाश दाहाल बताउने उनले युवाहरुसँग रकम संकलन गर्न विदुर दाहालको नाममा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको खाता प्रयोग गर्ने गरेको उनले बताएका छन् । उनको सक्कली नाम पनि प्रकाश दाहाल नभई विदुर दाहाल नै हुनसक्ने पिडित कार्कीको आशङ्का छ । उनले भने, ‘सुरुसुरुमा कुराकानी हुँदा दाहालले आफ्नो नाम इन्द्र बताएका थिए । पछि प्रकाश दाहाल भने । उनको भारतको दिल्लीमा ब्रर्दश म्यानपावर नामको कम्पनी समेत छ । तर, आधिकारिक रुपमा दर्ता भने छैन ।’

कार्कीपनि दाहालमार्फत दुई महिनाअघि हाउसकिपिङको रुपमा काम गर्न माल्दिभ्स गएका थिए । उनको तलब ४०० डलर भनिएको थियो । तलबपनि डलरमै भुक्तानी गरिने बताईएको थियो । तर, हाल उनले आफ्नो तलब रुफियामा पाईरहेका छन् । जसमा मासिक २०० डलर बराबरको रकम उनको तलबबाट कट्टा हुँदै आईरहेको छ । विदेश गएको दुई महिना बितिसक्दा पनि सम्बन्धित एजेन्टलाई बुझाउनुपर्ने १ हजार अमेरिकी डलर बराबरको रकम दाहालले भुक्तानी नगरेको कारण उक्त रकम आफ्नो तलबबाट कट्टा भईरहेको कार्कीले बताएका छन् । ‘तलब यहाँको लोकल करेन्सीमा पाईरहेको छु, कम्पनीले डलरमै दिन्छ भनिएको थियो,’ उनले भने, ‘रुफियामा तलब पाउँदा नेपाल पठाउन निकै गाह्रो हुने रहेछ । ब्ल्याकमा डलरमा एक्सचेन्ज गरेर नेपाल पठाउनुपर्छ । ५० हजार पठाउँदा झण्डै १० हजार घाटा लाग्छ ।’

दाहालमार्फत उनीहरु जस्ता अन्य थुप्रै युवाका साथसाथै सुनसरीको इटहरीका अधिकांश म्यानपावर कम्पनीहरुसमेत ठगीमा परेको बताईएको छ । एकचोटि सम्पर्कविहिन भएपछि उनीसँग पुनः सम्पर्क गर्न निकै कठिन रहेको पिडितका परिवारले बताएका छन् । प्रायः उनले प्रयोग गर्ने नम्बर बन्द नै रहने गरेको उनीहरुको भनाई छ । प्रहरीमा जाहेरीपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । उनको खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।

समाचारका सन्दर्भमा बिषयवस्तु बुझ्न दाहालसँग उनले प्रयोग गर्ने ९८२५९०८३३२ र ९७०४५१०७२९ नम्बरमा सम्पर्क गर्दा भने उनीसँग सम्पर्क हुन सकेन ।

प्रकाशित समय: आईतबार १७ जेठ, २०८३, १८:२४:०४

सम्बन्धित खबर

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२० घण्टाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
२ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०