विराटनगर जुट मिल्सको जग्गा ओगट्नेलाई हटाइँदै, ६ सय परिवार विस्थापित हुने जोखिममा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ ब‌ैशाख, २०८३
६ महिनाअघि

विराटनगर । विराटनगरस्थित जुट मिल्सको जमिनमा अनधिकृत रूपमा बसोबास गर्दै आएका र भाडा नतिरी व्यापार गरिरहेका व्यक्तिहरूलाई हटाउने तयारी अन्तिम चरणमा पुगेको छ। आगामी एक साताभित्र त्यहाँ बसिरहेका सबैलाई हटाउने योजना बनाइएको हो।

हटताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा आसपासका क्षेत्रमा अवैध रूपमा बसोबास गर्दै आएका करिब ६ सय परिवार र सडक किनारमा भाडा नतिरी सञ्चालन भइरहेका झन्डै ३० वटा पसललाई खाली गराइनेछ। यो सबै करिब १४ बिघा जमिनमा फैलिएको छ।

Advertisement

सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार संघीय सरकारको निर्णयअनुसार हटाउने प्रक्रिया सुरु भइसकेको छ। सडक किनारका केही पसलबाहेक अधिकांशले भाडा नतिरेको बताउँदै उनले भाडा तिर्नेहरूलाई वैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरूबाट प्रशासनमार्फत असुली गरिने बताए।

त्यहाँ बसोबास गर्नेहरूलाई आफ्नो लत्ताकपडा र भाँडाकुँडा मात्र लैजान अनुमति हुनेछ, अन्य सम्पत्ति मिल्सकै हुने उनको भनाइ छ। स्रोतका अनुसार, केही व्यक्तिहरूले शहरमा घर बनाएर भाडामा लगाएका छन् तर आफैं भने मिल्सभित्र अनधिकृत रूपमा बसिरहेका छन्। त्यस्तै, केहीले मिल्स परिसरमै साना उद्योगसमेत सञ्चालन गरेका छन्।

मिल्समा काम गरेका कर्मचारीहरूले अवकाश पाएपछि पनि आवास नछोड्ने प्रवृत्ति रहेको प्रशासन प्रमुख श्याम लामाले बताए। मिल्स पटक–पटक बन्द र सञ्चालन हुनुमा राजनीतिक हस्तक्षेप र विद्युत समस्या मुख्य कारण रहेको उनको भनाइ छ।

वि.सं. १९९३ मा स्थापना भएको यो उद्योग नेपालकै पुरानो उद्योग हो, जसले देशभर औद्योगिक विकासको सुरुवात गराएको थियो। तर २०७० सालदेखि बन्द रहेको यो मिल अहिले जीर्ण अवस्थामा पुगेको छ। संरक्षणको अभावमा धेरै उपकरण चोरी भइसकेका छन् भने बाँकी रहेका सामान पनि प्रयोग नहुँदा बिग्रिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०