आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ ब‌ैशाख, २०८३
६ महिनाअघि

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। हिन्दू धर्मावलम्बीहरूले आजको दिनलाइ अत्यन्त विशेष रुपमा लिन्छन्।दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान सबेरै उठी स्नान गरी आमालाई मिष्ठान्न भोजन खुवाउने, उपहार दिने र आशीर्वाद लिने परम्परा रहिआएको छ।

आमाबाट टाढा रहेका सन्तानहरू यस दिन आमालाई भेट्न पुग्ने गर्छन्। माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक जोड्ने सेतुका रूपमा समेत लिइन्छ। साथै, औँसीको दिनको चर्को घाममा बिस्कुन सुकाए अन्नमा किरा नलाग्ने विश्वास पनि छ।सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको सनातन धर्मग्रन्थमा उल्लेख गरिएको “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने वाक्यले आमा र जन्मभूमिको महत्व दर्शाउँछ। संसारकै सबैभन्दा पवित्र नाता आमा हो, र ‘आमा’ शब्द आफैंमा गहिरो सम्मान र माया बोकेको छ।

Advertisement

प्रविधिको विकाससँगै मानिसहरूले सामाजिक सञ्जालमार्फत पनि आमाप्रति आफ्ना भावना र सम्झनाहरू व्यक्त गर्ने गरेका छन्।आमा नभएकाहरू भने यस दिन मातातीर्थ पुग्ने गर्छन्। त्यहाँ रहेको कुण्डमा स्नान गरी दिवंगत आमाको मुक्तिको कामना गर्दै तर्पण दिने परम्परा छ। मातातीर्थको इतिहास धार्मिक विश्वास र लोककथासँग जोडिएको पाइन्छ। किंवदन्तीअनुसार प्राचीन समयमा एक गोठालो युवकले आफ्नी आमाको निधनपछि गहिरो शोकमा डुबेर यस स्थानमा आइपुगेका थिए। उनले त्यहाँ रहेको पवित्र कुण्डमा हेर्दा आफ्नी आमाको अनुहार देखेको अनुभव गरे। यस घटनापछि उक्त स्थानलाई आमाको स्मरण र दर्शनसँग जोडिएको पवित्र तीर्थका रूपमा मान्न थालियो। पछि यहाँ कुण्ड, मन्दिर र धार्मिक संरचनाहरू निर्माण गरिए, जसले यस स्थानलाई झन् महत्वपूर्ण बनायो। समयसँगै मातातीर्थ औँसीका दिन यहाँ ठूलो मेला लाग्न थाल्यो र आमाको सम्झनामा तर्पण दिने परम्परा स्थापित भयो।यसरी, मातातीर्थ केवल धार्मिक आस्था मात्र नभई आमाप्रतिको माया, सम्मान र स्मृतिको प्रतीक बनेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०