बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २३ जेठ, २०८३
४ महिनाअघि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक वृद्धि, रोजगारी सृजना र मुलुकको रूपान्तरणका लागि स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरेका छन्।

नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले दुई तिहाइ नजिकको शक्तिशाली सरकारले आवश्यकताअनुसार परिणाममुखी बजेट ल्याउन नसकेको बताए।

Advertisement

उनले बजेटमा धेरै लोकप्रिय र सबैलाई मनपर्ने कार्यक्रम समेटिए पनि त्यसले देशको आर्थिक समृद्धिमा ठोस नतिजा दिन नसक्ने धारणा राखे। बजेटमा सबै दलका एजेन्डा समेट्ने प्रयास गरिएको देखिए पनि सरकारको आफ्नै प्राथमिकता, नीति र दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत हुन नसकेको उनको भनाइ थियो।

“बजेट हेर्दा सबै कुरा भएको जस्तो देखिन्छ, तर केमार्फत आर्थिक वृद्धि गर्ने, केमार्फत रोजगारी सिर्जना गर्ने र देशलाई कसरी रूपान्तरण गर्ने भन्ने विषयमा स्पष्ट केन्द्रबिन्दु देखिँदैन,” पुनले भने।

उनले सरकारले आर्थिक विकासको मुख्य आधार के हो भन्ने विषयमा स्पष्ट प्राथमिकता निर्धारण गर्न नसकेको आरोप लगाए। बजेटमा धेरै कार्यक्रम समेटिए पनि परिणाम दिने गरी कुनै क्षेत्रलाई विशेष प्राथमिकतामा नराखिएको उनको तर्क थियो।

पुनले बजेटको विशेषता “हेर्दा, सुन्दा र छाम्दा धेरै देखिने तर परिणाम कम दिने” खालको रहेको टिप्पणी गर्दै स्पष्ट लक्ष्य र केन्द्रित कार्यक्रमबिना अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने बताए।

पूर्वअर्थमन्त्री पुनको यो टिप्पणी बजेटमाथिको राजनीतिक बहसका बीच आएको हो। सरकार भने बजेटले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको दाबी गर्दै आएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१३ घण्टाअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२१ घण्टाअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
३ दिनअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०