बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २३ जेठ, २०८३
४ महिनाअघि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक वृद्धि, रोजगारी सृजना र मुलुकको रूपान्तरणका लागि स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरेका छन्।

नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले दुई तिहाइ नजिकको शक्तिशाली सरकारले आवश्यकताअनुसार परिणाममुखी बजेट ल्याउन नसकेको बताए।

उनले बजेटमा धेरै लोकप्रिय र सबैलाई मनपर्ने कार्यक्रम समेटिए पनि त्यसले देशको आर्थिक समृद्धिमा ठोस नतिजा दिन नसक्ने धारणा राखे। बजेटमा सबै दलका एजेन्डा समेट्ने प्रयास गरिएको देखिए पनि सरकारको आफ्नै प्राथमिकता, नीति र दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत हुन नसकेको उनको भनाइ थियो।

“बजेट हेर्दा सबै कुरा भएको जस्तो देखिन्छ, तर केमार्फत आर्थिक वृद्धि गर्ने, केमार्फत रोजगारी सिर्जना गर्ने र देशलाई कसरी रूपान्तरण गर्ने भन्ने विषयमा स्पष्ट केन्द्रबिन्दु देखिँदैन,” पुनले भने।

उनले सरकारले आर्थिक विकासको मुख्य आधार के हो भन्ने विषयमा स्पष्ट प्राथमिकता निर्धारण गर्न नसकेको आरोप लगाए। बजेटमा धेरै कार्यक्रम समेटिए पनि परिणाम दिने गरी कुनै क्षेत्रलाई विशेष प्राथमिकतामा नराखिएको उनको तर्क थियो।

पुनले बजेटको विशेषता “हेर्दा, सुन्दा र छाम्दा धेरै देखिने तर परिणाम कम दिने” खालको रहेको टिप्पणी गर्दै स्पष्ट लक्ष्य र केन्द्रित कार्यक्रमबिना अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने बताए।

पूर्वअर्थमन्त्री पुनको यो टिप्पणी बजेटमाथिको राजनीतिक बहसका बीच आएको हो। सरकार भने बजेटले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको दाबी गर्दै आएको छ।

प्रकाशित समय: शनिवार २३ जेठ, २०८३, १७:२६:१८

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
४ हप्ताअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
४ हप्ताअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
४ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०