भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २४ जेठ, २०८३
३ हप्ताअघि

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्। भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका हुन्।

वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्ष, विकास साझेदारी, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा सहकार्य र जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा समेत विचार आदानप्रदान गरेका थिए।

Advertisement

बैठकमा विभिन्न क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल प्रविधि तथा वित्तीय क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको छ। साथै नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

दुवै देशले नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा स्वागत गरेका छन्। उक्त सम्झौताले सीमापार अपराधसम्बन्धी अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीलाई थप प्रभावकारी बनाउन कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

भेटवार्तापछि भारतले सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोग कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा परियोजना नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

त्यसैगरी नेपाल र भारतबीच सीमापार रकम स्थानान्तरणलाई सहज बनाउने उद्देश्यले भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई)’ र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)’ बीच ‘पियर–टु–पियर’ प्रणालीको शुभारम्भ गरिएको छ।

डिजिटल सहकार्यलाई थप विस्तार गर्ने क्रममा भारतको ‘भाषिणी’ डिजिटल भाषा अनुवाद प्लेटफर्म र काठमाडौं विश्वविद्यालय बीच राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।

भारत भ्रमणका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाला सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी विश्वास बढाउने तथा विकास, व्यापार, ऊर्जा र डिजिटल सहकार्यका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। भारतको ‘छिमेकी पहिलो’ (Neighbourhood First) नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिइँदै आएको सन्दर्भमा मन्त्री खनालको भ्रमणलाई दुई देशबीचको साझेदारी थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन

शनिवार १३ असार, २०८३
२ minutes

आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

शनिवार १३ असार, २०८३
६ घण्टाअघि

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

शनिवार १३ असार, २०८३
११ घण्टाअघि

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
२४ घण्टाअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
१ दिनअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
१ दिनअघि
मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन
शनिवार १३ असार, २०८३
आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ
शनिवार १३ असार, २०८३
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०