सेयर बजारमा उछाल: नेप्से ८३ अंकले बढेर २७६० मा, अधिकांश कम्पनीको मूल्य वृद्धि

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ चैत, २०८२
६ महिनाअघि
काठमाडौं — अघिल्लो दिन १०५ अंकले घटेको सेयर बजार सोमबार भने मजबुत रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८३.३३ अंकले बढ्दै २७६० विन्दुमा पुगेको हो। कारोबार अवधिमा दिउँसो २:३३ बजे नेप्से ९८ अंकसम्म बढेर २७७५ विन्दुमा पुगेको थियो, जुन आजको उच्चतम बिन्दु रह्यो।

यसअघि बजारमा आएको गिरावटपछि अर्थमन्त्री स्वर्णिम वाग्ले ले स्टक ब्रोकर एसोसिएसन अफ नेपाल तथा आर्थिक पत्रकारहरूसँग भेट गर्दै बजारमा अनावश्यक त्रास फैलिएको बताएका थिए। उनले आगामी बजेट रूपान्तरणकारी हुने र बजारको पारदर्शिता तथा सुधारका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन दिएका थिए।

अर्थमन्त्रीको यही सकारात्मक संकेतले पनि बजारमा सुधार आउन मद्दत पुगेको विश्लेषण गरिएको छ। यद्यपि, कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १० अर्ब ९२ करोडमा सीमित रह्यो।

Advertisement

आज २६४ कम्पनीको शेयर मूल्य बढ्दा ४ कम्पनीको घटेको छ भने १ कम्पनीको स्थिर रह्यो। सबै समूहका सूचकहरू हरियाली देखिए, जसमा हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशतले बढ्यो। त्यस्तै फाइनान्स ४.०३, विकास बैंक ३.६३, बैंकिङ ३.१८, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, उत्पादन तथा प्रशोधन १.५३, अन्य २.३६ तथा व्यापार २.४० प्रतिशतले वृद्धि भएका छन्।

आज ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। उल्लेखनीय रूपमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इनका लगानीकर्ताले उच्च लाभ पाएका छन्।

अघिल्लो दिन १० प्रतिशतले बढेको रिलायन्स स्पिनिङ मिल्समा भने आज बिक्री चाप देखिँदा १.६० प्रतिशतले मूल्य घटेको छ। आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर रहेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी
बुधबार २८ असोज, २०८३
प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन
बुधबार २८ असोज, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकले पाए पुरस्कार
बुधबार २८ असोज, २०८३
कांग्रेस सहमहान्त्रीमा बहादुर सिंह लामा निर्वाचित
बुधबार २८ असोज, २०८३
बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य थापाले दिए राजीनामा
बुधबार २८ असोज, २०८३
हिमपहिरोपछि आएको बाढीले दुई पुल बगायो, गोरखाको सडक सम्पर्क अझै अवरुद्ध
बुधबार २८ असोज, २०८३
बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन
बुधबार २८ असोज, २०८३
नाना पाटेकरको निधनबारे तनुश्रीको शंका, प्रमाणबिनै उठाइन् अनेक प्रश्न
बुधबार २८ असोज, २०८३
राठीको Fire-X ZHFR तारसँग आगोले समेत हार मान्यो!
बुधबार २८ असोज, २०८३
शुक्र अस्त हुँदै, दसैँको टीका–जमरा र दुर्गा पूजामा बाधा नपर्ने
बुधबार २८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०