अर्किड स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १६ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर— विराटनगर–१० मा रहेको अर्किड स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। शनिबार विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल मनिष भट्टराईले अर्किड स्कुलले केवल किताबी ज्ञान मात्र नभई विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सीप र संस्कारसमेत प्रदान गर्दै आएको बताए। उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा जीवनोपयोगी शिक्षा उपलब्ध गराउने सवालमा विद्यालय सधैँ अग्रणी रहेको उल्लेख गरे।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले वर्तमान समयमा प्रविधिमैत्री शिक्षाको आवश्यकता औँल्याउँदै विद्यार्थीहरूलाई प्रविधिसँग जोडेर सीप र संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए।

त्यसैगरी विद्यालयका अध्यक्ष अमित ढकालले गुणस्तरीय शिक्षाकै कारण अर्किड स्कुल विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल भएको बताए। विद्यालयका निर्देशक दिपेश बास्तोलाले उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सदैव प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे।

सो अवसरमा विद्यालयले पूर्व विद्यार्थीहरू तथा विभिन्न विधामा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई सम्मान गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गर्दै अभिभावक र पाहुनाहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

प्रकाशित समय: शनिवार १६ फाल्गुण, २०८२, १९:२६:५९

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
३ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०