विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलमा वक्तृत्वकला र कराँते बेल्ट अपग्रेडेसन कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ७ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर । हेरिटेज इन्टरनेसनल स्कुलले आज एक भव्य समारोहका बीच ‘अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता’ र ‘कराँते बेल्ट अपग्रेडेशन’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

बौद्धिक विकास र शारीरिक अनुशासनलाई सँगसँगै लैजाने विद्यालयको उद्देश्य अनुरूप आयोजित यस कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षाविद्हरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको कराँते बेल्ट अपग्रेडेशन अन्तर्गत ३० जनाभन्दा बढी विद्यार्थीहरू दीक्षित भएका छन् ।

उनीहरूले आफ्नो उत्कृष्ट मार्सल आर्ट कौशल प्रदर्शन गर्दै ‘एलो’ र ‘ग्रिन’ बेल्ट प्राप्त गरेका थिए । दीक्षित विद्यार्थीहरूलाई सम्बन्धित क्षेत्रका प्रशिक्षक तथा अतिथिहरूले बेल्ट र प्रमाणपत्र प्रदान गरी उज्ज्वल भविष्यको शुभकामना दिएका थिए ।

त्यसैगरी, ‘अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता’ को अन्तिम प्रतिस्पर्धामा २० जना प्रतिभावान विद्यार्थीहरूले आ-आफ्नो तार्किक र प्रभावशाली मन्तव्य प्रस्तुत गरेका थिए ।

कडा प्रतिस्पर्धाका बीच मान्भी रौनियारले प्रथम स्थान हासिल गर्न सफल भइन् । त्यसैगरी रायना रेग्मी दोस्रो र बिवांशी मण्डलले तेस्रो स्थान प्राप्त गरिन् ।

विजयी विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक तथा आमन्त्रित विशिष्ट अतिथिहरूले पदक र पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिहरूले विद्यार्थीहरूमा रहेको बहुमुखी प्रतिभाको प्रशंसा गर्दै शिक्षासँगै खेलकुद र वाक-कलाले व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।

विद्यालय प्रशासनले सहभागी सबै विद्यार्थी र सहयोगी अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गरेको थियो।

प्रकाशित समय: बिहिबार ७ फाल्गुण, २०८२, १२:५६:४७

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
४ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०