मनोज अग्रवालको चुनावी प्रतिबद्धता : मोरङ ५ को सर्वांगीण विकासमा जोड

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार मनोजकुमार अग्रवालले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा (एमाले) का तर्फबाट मोरङ-५ का उम्मेदवार अग्रवालले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना योजनाहरू सार्वजनिक गरेका हुन् ।

अग्रवालले आफ्नो लामो राजनीतिक र विद्यार्थी जीवनमा पार्टी तथा जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको बताएका छन् । उनले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि, उद्यम, संस्कृति र सामाजिक सुरक्षाका सवालमा व्यापक प्रतिबद्धता जनाउँदै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

अग्रवालले ‘मेरो क्षेत्र, मेरो जिम्मेवारी’ भन्ने नाराका साथ आफ्नो योजनाहरू अघि सारेका छन्, जसमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ ।

उम्मेदवार अग्रवालले सडक, पूर्वाधार र जलस्रोत व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

रंगेली–विराटनगर हुलाकी मार्गको स्तरोन्नति र आधुनिक मार्गमा विकास, दक्षिणी सीमा क्षेत्रमा नयाँ पर्यटन मार्गको निर्माण, क्षेत्रभित्रका सम्पूर्ण सडक, नाला र बिजुली, खानेपानी तथा टेलिफोन जडान कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।

साथै, स्वच्छ हरियाली र वृक्षारोपण, क्षेत्रीय विकास कोष स्थापना र तटबन्धन तथा सिंचाइ योजनामा विशेष पहल गरिनेछ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा अग्रवालले सबै सामुदायिक विद्यालयको स्तरोन्नति, आधुनिक कम्प्युटर र इन्टरनेटको व्यवस्था, खेलमैदान निर्माण, व्यावसायिक तालिम केन्द्र स्थापना र विद्यार्थीले काम गर्दै पढ्न सक्ने सुविधा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रंगेली अस्पताल तथा धनपालथान, जहदा र विराटनगरका स्वास्थ्य संस्थालाई आधुनिक र सुविधा सम्पन्न बनाउने योजना पनि उनले प्रस्तुत गरेका छन् । अग्रवालले उद्यम र रोजगारी प्रवर्धनमा विशेष ध्यान दिने जनाएका छन् ।

विराटनगर उद्योग क्षेत्र पुनःसक्रियकरण, कृषि तथा स्वरोजगारका तालिम सञ्चालन, कृषि उत्पादनको सहज बिक्री वितरण, नवउद्योग स्थापना र युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने योजना उनी सार्वजनिक गरेका छन् ।अग्रवालले धार्मिक स्थलको स्तरोन्नति, सांस्कृतिक संग्रहालय निर्माण, ऐतिहासिक स्थल र रिङरोडमार्गको विकास गरी पर्यटक आकर्षण बढाउने योजना जनाएका छन् ।

युवा, महिला, ज्येष्ठ नागरिक, निमुखा र अशक्त वर्गका लागि रोजगार, स्वास्थ्य सेवा, निःशुल्क बीमा, न्याय परामर्श र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

उम्मेदवार अग्रवालले पार्टीको प्रतिबद्धता कार्यान्वयनसँगै मोरङ–५ लाई समग्र विकासको मूलधारमा ल्याउने र जनता खुसी बनाउने आफ्नो लक्ष्यमा जोड दिएका छन् । उनले निर्वाचनमा पार्टीको चुनाव चिन्ह सूर्यमा मत दिएर जित सुनिश्चित गर्न सबै मतदातालाई आग्रह गरेका छन् ।

अग्रवालको प्रतिवद्धता पत्रको मुख्य आकर्षण औद्योगिक पुनर्जागरण रहेको छ । विराटनगरमा रहेका ऐतिहासिक तर हाल बन्द अवस्थामा रहेका विराटनगर जुट मिल्सलाई पुनः सञ्चालनमा ल्याउने उनले प्रतिवद्धता जनाएका छन् ।

यस क्षेत्रलाई ‘विराट औद्योगिक क्षेत्र’ घोषणा गरी नयाँ उद्योगहरूको स्थापना र रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ । रंगेली–विराटनगर जोड्ने हुलाकी मार्गलाई आधुनिक मापदण्ड अनुसार स्तरोन्नति गर्ने र रंगेलीको चोप्राहा हुँदै दक्षिणी सीमा क्षेत्रमा पूर्व–पश्चिम नयाँ सडकमार्ग निर्माण गर्ने योजना अघि सारिएको छ ।

हरेक वडामा नमूना विद्यालय स्थापना गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने र ‘कमाउँदै पढ्दै’ कार्यक्रम लागू गर्ने उनको योजना छ ।

स्वास्थ्यतर्फ रंगेली अस्पताललाई आधुनिक सुविधासम्पन्न बनाउने र विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

ऐतिहासिक विराट राजाको दरबार क्षेत्र, काली मन्दिर, संसारी माई मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गरी यस क्षेत्रलाई पर्यटकीय हब बनाउने अग्रवालले बताए ।

वर्षौँदेखि समस्याको रूपमा रहेको भूमिहीन, सुकुम्वासी र दलित बस्तीको समस्या समाधान गरी उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउने र हरेक घरमा स्वच्छ खानेपानी पुर्‍याउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार अग्रवालले आफू यसै क्षेत्रको माटोमा हुर्किएको र यहाँका समस्याहरूसँग प्रत्यक्ष परिचित रहेकाले ती समस्या समाधान गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई सूर्य चिह्नमा मतदान गरी विजयी गराउन मतदाताहरूसँग अपिलसमेत गरे ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ ५ बाट १४ दलका र ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको छ । मोरङ ५ मा एक लाख १० हजार एक सय ७७ मतदाता रहेका छन् ।

प्रकाशित समय: सोमबार ४ फाल्गुण, २०८२, २०:०५:४२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०