नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ माघ, २०८२
९ महिनाअघि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा बिहीबार दोहोरो अंकको सुधार आएको छ। यो साता बुधबारसम्म करिब ३२ अंकले घटेको नेप्से सूचक बिहीबार २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेको हो।

साताको सुरुदेखि अस्थिर देखिएको नेप्से सूचक बिहीबार कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको थियो, जुन बजार बन्द हुँदासम्म कायम रह्यो। कारोबार सुरु हुँदा २६८१.५ अंकमा रहेको नेप्से सूचक बढ्दै बन्दसम्म आइपुग्दा उल्लेख्य सुधार देखिएको हो। यससँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेको छ।

Advertisement

बिहीबार नेप्सेमा कारोबार भएका सेयरमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीमा कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रोपावर र मोदी इनर्जी रहेका छन्। यस दिन २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य घटेको छ। ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

समूहगत सूचकतर्फ पनि अधिकांश समूहमा हरियाली देखिएको छ। बैंकिङ समूह ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल तथा पर्यटन १७.०७, जलविद्युत् ५८.५०, लगानी १.२८, जीवन बीमा १४३.८५, उत्पादन तथा प्रशोधन ६९.२१, लघुवित्त २९.५५, सामूहिक लगानी कोष ०.१२, निर्जीवन बीमा २१८.९२ र अन्य समूह ४६.२९ अंकले बढेका छन्। यद्यपि, व्यापार समूह भने १८.५१ अंकले घटेको छ।

कारोबार रकमतर्फ पनि बिहीबार उल्लेख्य सुधार देखिएको छ। नेप्सेमा ३२६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।

यसअघिल्लो दिन बुधबार नेप्सेमा ३२६ कम्पनीको ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०