विराटनगर जुनियर जेसिजमा नयाँ कार्यसमिति, ओम जोगी अध्यक्ष

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ माघ, २०८२
८ महिनाअघि

विराटनगर । विराटनगर जुनियर जेसिजको निर्वाचन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। जेसीज भवन, विराटनगरमा शनिबार सम्पन्न निर्वाचनबाट संस्थाको नयाँ नेतृत्व चयन गरिएको हो। निर्वाचन परिणामअनुसार जुनियर जेसी ओम जोगी अध्यक्षमा निर्वाचित हुनुभएको छ।

उपाध्यक्ष पदमा जुनियर जेसी निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन हुनुभएको छ। कार्यकारी उपाध्यक्षमा जुनियर जेसी सम्युक्ता कोइराला, आरोग्य कोइराला र आदित्य कोइराला निर्वाचित हुनुभएको छ। पब्लिक रिलेसन अफिसर पदको जिम्मेवारी जुनियर जेसी प्रतिज्ञा अधिकारीले पाउनुभएको छ भने महासचिवमा जुनियर जेसी रक्षिता तिम्सिना र कोषाध्यक्षमा जुनियर जेसी श्रीजेश कट्टेल चयन हुनुभएको छ। यस्तै, कानुनी सल्लाहकारमा जुनियर जेसी आरभी तिम्सिना तथा तालिम निर्देशकमा जुनियर जेसी मदन नेपाल निर्वाचित हुनुभएको छ।

यसै अवसरमा शनिबार नै पदस्थापना तथा पुरस्कार वितरण समारोह पनि सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि विराटनगर जेसीजका अध्यक्ष २०२६ कविराज दाहाल तथा विशेष अतिथिका रूपमा संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा गणेश–जमुना पुरस्कार (वर्ष उत्कृष्ट पर्यवेक्षक) जुनियर जेसी याल्जिना थापालाई प्रदान गरिएको थियो। उत्कृष्ट बोर्ड सदस्यको उपाधि जुनियर जेसी ओम जोगीले प्राप्त गर्नुभयो भने उत्कृष्ट कार्यक्रम संयोजकमा जुनियर जेसी रुकुल अमात्य चयन हुनुभयो।

त्यसैगरी, वर्ष उत्कृष्ट सदस्यको उपाधि जुनियर जेसी निशान्त भट्टराई उपाध्यायले प्राप्त गर्नुभयो भने २०२५ को उत्कृष्ट ककसका रूपमा जुनियर जेसी सुहानी श्रेष्ठ घोषित हुनुभयो। समारोहमा विभिन्न जेसीज तथा जुनियर जेसिजका वर्तमान तथा पूर्व अध्यक्षहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित समय: आईतबार १९ माघ, २०८२, १०:५५:०२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०