‘सहकारी ठग’ रौनियार, जो ७५ दिनदेखि कारागारको सट्टा अस्पताल बसेर थर्काउँदै छन् सहकारी पीडितलाई

राजनीतिक संरक्षणमा लुट्न पल्केका रौनियारलाई पनि देखियो ‘भिआइपी’ मा देखिने स्वास्थ्य समस्या

माधव काफ्ले
शुक्रबार १७ माघ, २०८२
८ महिनाअघि

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी कृषि सहकारी संस्थाका पूर्वअध्यक्ष शम्भुप्रसाद रौनियार कारागारको समय छल्न अस्पताल बसिरहेको खुलेको छ । मोरङ जिल्ला अदालतको आदेशअनुसार गत वर्षको माघ २० गते पूर्पक्षका लागि कारागार चलान भएका रौनियारले कारागारको सट्टा अस्पतालमा बसेर सजाय भुक्तान गरिरहेको खुलेको छ ।

धनपालथान–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियारलाई पनि थुनामा परेपछि अन्य ‘भिआइपी’ मा देखिने स्वास्थ्य समस्या देखिएको हो । पक्राउ परिसकेपछि अन्य भिआइपीमा मुटुसम्बन्धी समस्या देखिने गरेकोमा रौनियारले पनि उस्तै समस्या देखाएर कारागारको समय छल्न अस्पतालमा भर्ना लिएका थिए । गत मंसिर १ गते जिल्ला कारागार मोरङको प्रशासनमा स्वास्थ्य समस्या औंल्याएर विराटनगरको न्युरो अस्पताल पुगेका उनी सोही दिन ‘रिफर’ लिएर मोरङ सहकारी अस्पताल पुगेका हुन् ।

विगत अढाइ महिनायता मुटुसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या रहेको बाहना देखाउने गरेका रौनियारले अस्पतालबाट ‘डिस्चार्ज’ लिन समेत आनाकानी गरिरहेका छन् । अस्पतालले चार पटकसम्म हिरासतमा फर्किन सुझाव दिए पनि फर्किन नमानेका रौनियार अहिले हस्पिटल परिसरवरिपरि डुलडाल गर्ने र आफन्त भेट्ने गरेका छन् ।

रौनियारको उपचारमा संलग्न रहेको डा. दीपक सिग्देल र डा. रोशन खड्का सम्मिलित इन्टर मेडिसिनको टोलीले उनलाई अस्पताल बस्नै नपर्ने भन्दै हिरासत फर्काउने प्रयास गरेको मोरङ सहकारी अस्पतालका प्रशासन प्रमुख विकास अधिकारीले जानकारी दिए । उनका अनुसार पूर्ण रूपमा स्वस्थ महसुस नगरेको बाहना बनाउँदै रौनियारले हिरासत फर्किन आनाकानी गरिहेका छन् ।

मेडिकल फलोअप गर्ने भन्दै न्युरो अस्पताल हुँदै मोरङ सहकारी पुगेका रौनियारको मधुमेह नियन्त्रण नभएको, उच्च रक्तचाप कायमै भएको र प्यानिक अट्याक (बेला–बेला छाती दुख्ने) लगायत स्वास्थ्य समस्या देखाएका थिए । त्यसपछि डाक्टरको टोलीले उपचारपछि गाह्रो पर्दा मात्र आउनू भ न्दै डिस्चार्ज लिन भनेको थियो । तर, १ नम्बरको सिंगल क्याबिन लिएर अस्पताल बसिरहेका उनले अस्पतालको एउटा बेडमात्र नभएर दुई सुरक्षाकर्मीलाई पनि आफ्नो कब्जामा राखिरहेका छन् ।

‘उहाँ लामो समयदेखि नै आराम गरिरहनुभएको छ । अहिले कुनै स्वास्थ्य समस्या छैन, डिस्चार्ज गर्ने कन्टिसनमै हुनुहुन्छ र डाक्टरले पनि डिस्चार्ज गरिसक्नुभएको हो,’ अस्पतालका प्रशासन प्रमुख अधिकारी भन्छन्, ‘यसरी धेरै समय अस्पतालमा बस्नु हेल्थ प्रोटोकलविपरीत हुन जान्छ । एक जना बिरामीबाट अर्को बिरामीमा क्रस इन्फेक्सन हुन सक्छ ।

यता, मोरङ कारागार प्रशासनले भने गत माघमा पुर्पक्षका लागि कारगार आएर १० महिनाजति सजाय भुक्तान गरेका रौनियार स्वस्थ हुँदाहुँदै पनि नियमित स्वास्थ्य जाँचका लागि भन्दै न्युरो अस्पताल गएको जनाएको छ । त्यसैदिन ‘रिफर’ भएर मोरङ सहकारी अस्पताल पुगेपछि थप उपचार गर्नुपरेको भन्दै त्यहीँ बसेका थिए । अढाइ महिनाभन्दा बढी समय अस्पताल नै बसेर कारागार प्रशासनलाई अफ्ठेरो पार्न खोजेका रौनियारले जनशक्ति अभावका बीच पनि दुई सुरक्षाकर्मी साथमै राखेर झन् कठिन बनाएका छन् । उनको सुरक्षामा खटिएका दुई प्रहरीले आठ–आठ घण्टाको ड्युटी गर्दा जनशक्ति अभावले अझ झन्झट उत्पन्न भएको मात्रै छ्रैन राज्यस्रोतको पनि दुरुपयोग भएको कारागार प्रशासन स्रोतले जनाएको छ ।

अस्पतालबाटै थर्काउँछन् सहकारी पीडितलाई

उमागौरी कृषि सहकारी सञ्चालनमा ल्याउन सक्रिय भूमिका बहन गरेका रौनियार बचतकर्ताको रकम अपचलन गर्ने मुख्य अभियुक्त हुन् । सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी परेपछि उनी लामो समय फरार भएका थिए । उनीविरुद्ध गत वर्षको असोज २ गते अदालतले पक्राउ अनुमति दिएको थियो भने सोही माघ १४ गते उनी आफैं हाजिर भएका थिए ।

माघ २० गते मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । अदालतको आदेशलगत्तै कारागार चलान भएका उनले त्यहाँ १० महिना समय बिताएका छन् ।

त्यसयता भने बिरामी भएको बाहनामा अस्पतालमै आफन्त भेट्ने गरेका रौनियारले सहकारी पीडितलाई फोनमार्फत् धम्की दिने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार रौनियारले सहकारी पीडितहरूलाई आफूविरुद्धको मुद्दा फिर्ता लिन भन्दै थर्काउने गरेका छन् । ‘उहाँ अहिले अस्पताल बसेरै फोनमार्फत् सहकारी पीडितलाई थर्काउन लागिपर्नुभएको रहेछ,’ स्रोत भन्छ, ‘राजनीतिक आडमा सहकारी ठगेर रकम कुम्ल्याएको छ भन्दैमा त्यति ज्याजति गर्न पाइन्छ ? यहाँ सबैको मिलेमतो छ ।’

उपचार खर्च मात्रै अढाइ लाख नाघ्यो

मोरङ प्रहरीले रौनियार र सार्वजनिक लेखा समितिका पूर्वसभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जना कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर गत वर्षको मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा अदालतमा दर्ता गरेको थियो । त्यसपछि पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका रौनियार कारागार प्रशासनलाई समेत टेर्दैनन् । प्रशासनलाई नटेरी निजी अस्पताल बसेर मुटुसम्बन्धी रोगको उपचार गराइरहेका पूर्वअध्यक्ष रौनियारको उपचार खर्च अढाइ लाख रुपैयाँ नाघिसकेको छ । महँगो क्याबिनमा बसेका रौनियारले अस्पतालको बिलमा उठेको रकम पनि किस्ता–किस्तामा तिरिहेका छन् ।

‘कहिले दुई हजार त कहिले चार हजार रुपैयाँ गरेर उहाँले उपचार खर्च तिर्दै हुनुहुन्छ,’ अस्पताल प्रशासन भन्छ, ‘बिल धेरै उठेको छ । हामीले डिस्चार्ज लिएर अलि–अलि तिर्दै गर्न पनि सुझाव दिएका छौं । तर, त्यसो पनि गर्नुभएको छैन ।’ रकम जोहो गर्न नसकेर रौनियारले अस्पताल छोड्न नसकेको हो कि भन्ने अस्पताल प्रशासनको आँकलन छ । तथापि, यसबारे रौनियारले केही खुलाएका छैनन् ।

विभेदमा कैदीबन्दी

मोरङ कारागारमा हाल एक हजारभन्दा बढी कैदीबन्दी छन् । त्यसमध्ये धेरै कैदी कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रसित छन् । तर, पैसा र पहुँच हुनेहरूले राजनीतिक संरक्षणलाई आड बनाएर यसरी निजी स्वास्थ्य संस्थामा उपचारको बाहना गर्दै कारागारको समय छलिरहँदा नहुने कैदीबन्दीको अवस्था दयनीय छ । पार्टीको संलग्नतालाई भजाएर कारागारको सट्टा अस्पतालमा बसेर सहकारी पीडितलाई थर्काउँदा आफूहरूको मनोबल गिरेको कैदीबन्दीको दुःखेसो छ ।

‘म केही समयअघि क्षयरोगले ग्रस्त थिएँ, घरपरिवारलाई थाहा नदिँदा आर्थिक अभाव उत्तिकै सताएको थियो,’ एक कैदीबन्दी भन्छन्, ‘उपचारका लागि मैले सबै निकायमा गुहार्दा–गुहार्दा बल्ल बल्ल सरकारी अस्पतालबाट उपचार पाएँ । तर, यहाँ मुटु दुखेको भन्दै कैदीबन्दीहरू महिनौं निजी अस्पताल बसिदिने रहेछन्, त्यो पनि पावर र पैसाको बलमा ।’

प्रकाशित समय: शुक्रबार १७ माघ, २०८२, १९:४२:१७

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०