आज देशभर शहीद दिवस मनाइँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ माघ, २०८२
९ महिनाअघि

काठमाडौं – देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापना र पुनःस्थापनाका क्रममा जीवन आहुति दिने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि बलिदान दिने चार अमर शहीद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ।

Advertisement

राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन सरकारले उहाँहरूलाई मृत्युदण्ड दिएको थियो। शहीदहरूको बलिदानकै प्रेरणाबाट जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको मानिन्छ।

माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइने घोषणा अनुसार देशभर विविध कार्यक्रम आयोजना हुँदै आएका छन्। विसं २०१२ सालदेखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा शहीद दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दै आन्दोलन गरेकै कारण १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०