औद्योगिक प्रशिक्षकलाई दक्ष बनाउन विराटनगरमा विशेष तालिम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ पुस, २०८२
९ महिनाअघि

विराटनगर । दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)ले विराटनगरमा पाँच दिने औद्योगिक प्रशिक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट आइटी, अटोमोबाइल, चिया उद्योग, सञ्चार र होटल व्यवस्थापन क्षेत्रका २० जना उद्योग प्रतिनिधिले यस तालिममा सहभागिता जनाएका थिए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआई)को समन्वयमा भएको तालिम मंसिर २८ गतेदेखि सुरु भई बिहीबार समापन भएको हो ।

औद्योगिक प्रशिक्षार्थीको व्यवस्थापन, सञ्चालन र सुपरिवेक्षण गर्न सक्षम प्रशिक्षक तयार पार्नु यस तालिमको मुख्य लक्ष्य थियो ।

विराटनगरस्थित होटल इस्टर्न स्टारमा सम्पन्न तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई सिटिइभिटी कोशी प्रदेशकी निर्देशक मीना पौडेल खरेल र इन्स्योर परियोजनाका टिभेट अधिकृत घनश्याम लिम्बुले प्रमाणपत्र वितरण गरे ।

तालिममा २४ महिने अप्रेन्टिसिप कार्यक्रमका विभिन्न पक्षमा केन्द्रित रह्यो । शिक्षालयमा सैद्धान्तिक ज्ञान प्राप्त गरेर उद्योगमा व्यावहारिक सीप सिक्न आएका प्रशिक्षार्थीलाई कसरी प्रभावकारी ढंगले मार्गदर्शन गर्ने भन्ने विषय मुख्य रूपमा समेटिएको थियो ।

तालिमका सहजकर्ता टिआइटिआईका इन्जिनियरद्वय महेश्वर रेग्मी र कमल लामिछानेले अप्रेन्टिसिप कार्यक्रमको संरचना, प्रशिक्षार्थी-शिक्षालय-उद्योगको त्रिपक्षीय सम्बन्ध, साथै प्रशिक्षक र प्रशिक्षार्थीबीचको प्रभावकारी सञ्चारका विषयमा विस्तृत जानकारी प्रदान गरे ।

समापन कार्यक्रममा बोल्दै सहजकर्ता रेग्मीले इन-कम्पनी ट्रेनर्स ट्रेनिङले औद्योगिक प्रशिक्षकलाई प्रशिक्षार्थी छनोटदेखि मूल्यांकनसम्मको सम्पूर्ण प्रक्रियामा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी भएकाहरूले अप्रेन्टिसिप कार्यक्रममार्फत् आफ्नो संस्थामा जोडिएका प्रशिक्षार्थीहरूको मूल्यांकनमा मात्र नभएर प्रक्रियागत काम–कारबाहीमा पनि तालिमले सहयोग गर्नेमा ढुक्क भएको सुनाए ।

इन्स्योर परियोजनाका टिभेट अधिकृत लिम्बुले यस्ता तालिम पछिल्लो आठ वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको जानकारी दिए ।

“औद्योगिक प्रशिक्षार्थीलाई सही मार्गदर्शन दिनका लागि यस्ता तालिम अत्यन्तै आवश्यक छन् । निकट भविष्यमा पनि नयाँ ढाँचाका तालिम सञ्चालन गर्ने योजना छ,” उनले थपे ।

सिटिइभिटी कोशी प्रदेशकी निर्देशक खरेलले तालिमलाई निकै फलदायी बताउँदै सहभागीहरूलाई सिकेका कुरा आफ्नो संस्थामा प्रभावकारी रूपमा लागू गर्न आग्रह गरिन् ।

“कम्पनीमा आबद्ध प्रशिक्षार्थीलाई दक्ष बनाउन कम्पनी प्रशिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ,” उनले जोड दिइन् ।

यो तालिम इन्स्योर परियोजना र टिआइटिआईको संयुक्त पहलमा सञ्चालित भएको थियो । तालिमका लागि आइटीतर्फको औद्योगिक प्रशिक्षकहरूको छनोट तथा सहजीकरण भने क्यान महासंघ मोरङका सचिव अजित चापागाईंले गरेका थिए ।

प्रकाशित समय: बिहिबार ३ पुस, २०८२, १५:३०:१९

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०