औद्योगिक प्रशिक्षकलाई दक्ष बनाउन विराटनगरमा विशेष तालिम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ पुस, २०८२
१० महिनाअघि

विराटनगर । दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)ले विराटनगरमा पाँच दिने औद्योगिक प्रशिक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट आइटी, अटोमोबाइल, चिया उद्योग, सञ्चार र होटल व्यवस्थापन क्षेत्रका २० जना उद्योग प्रतिनिधिले यस तालिममा सहभागिता जनाएका थिए ।

Advertisement

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआई)को समन्वयमा भएको तालिम मंसिर २८ गतेदेखि सुरु भई बिहीबार समापन भएको हो ।

औद्योगिक प्रशिक्षार्थीको व्यवस्थापन, सञ्चालन र सुपरिवेक्षण गर्न सक्षम प्रशिक्षक तयार पार्नु यस तालिमको मुख्य लक्ष्य थियो ।

विराटनगरस्थित होटल इस्टर्न स्टारमा सम्पन्न तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई सिटिइभिटी कोशी प्रदेशकी निर्देशक मीना पौडेल खरेल र इन्स्योर परियोजनाका टिभेट अधिकृत घनश्याम लिम्बुले प्रमाणपत्र वितरण गरे ।

तालिममा २४ महिने अप्रेन्टिसिप कार्यक्रमका विभिन्न पक्षमा केन्द्रित रह्यो । शिक्षालयमा सैद्धान्तिक ज्ञान प्राप्त गरेर उद्योगमा व्यावहारिक सीप सिक्न आएका प्रशिक्षार्थीलाई कसरी प्रभावकारी ढंगले मार्गदर्शन गर्ने भन्ने विषय मुख्य रूपमा समेटिएको थियो ।

तालिमका सहजकर्ता टिआइटिआईका इन्जिनियरद्वय महेश्वर रेग्मी र कमल लामिछानेले अप्रेन्टिसिप कार्यक्रमको संरचना, प्रशिक्षार्थी-शिक्षालय-उद्योगको त्रिपक्षीय सम्बन्ध, साथै प्रशिक्षक र प्रशिक्षार्थीबीचको प्रभावकारी सञ्चारका विषयमा विस्तृत जानकारी प्रदान गरे ।

समापन कार्यक्रममा बोल्दै सहजकर्ता रेग्मीले इन-कम्पनी ट्रेनर्स ट्रेनिङले औद्योगिक प्रशिक्षकलाई प्रशिक्षार्थी छनोटदेखि मूल्यांकनसम्मको सम्पूर्ण प्रक्रियामा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी भएकाहरूले अप्रेन्टिसिप कार्यक्रममार्फत् आफ्नो संस्थामा जोडिएका प्रशिक्षार्थीहरूको मूल्यांकनमा मात्र नभएर प्रक्रियागत काम–कारबाहीमा पनि तालिमले सहयोग गर्नेमा ढुक्क भएको सुनाए ।

इन्स्योर परियोजनाका टिभेट अधिकृत लिम्बुले यस्ता तालिम पछिल्लो आठ वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको जानकारी दिए ।

“औद्योगिक प्रशिक्षार्थीलाई सही मार्गदर्शन दिनका लागि यस्ता तालिम अत्यन्तै आवश्यक छन् । निकट भविष्यमा पनि नयाँ ढाँचाका तालिम सञ्चालन गर्ने योजना छ,” उनले थपे ।

सिटिइभिटी कोशी प्रदेशकी निर्देशक खरेलले तालिमलाई निकै फलदायी बताउँदै सहभागीहरूलाई सिकेका कुरा आफ्नो संस्थामा प्रभावकारी रूपमा लागू गर्न आग्रह गरिन् ।

“कम्पनीमा आबद्ध प्रशिक्षार्थीलाई दक्ष बनाउन कम्पनी प्रशिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ,” उनले जोड दिइन् ।

यो तालिम इन्स्योर परियोजना र टिआइटिआईको संयुक्त पहलमा सञ्चालित भएको थियो । तालिमका लागि आइटीतर्फको औद्योगिक प्रशिक्षकहरूको छनोट तथा सहजीकरण भने क्यान महासंघ मोरङका सचिव अजित चापागाईंले गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०