शिक्षालय र उद्योगबीच अप्रेन्टिसीप कार्यक्रमको समीक्षा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ पुस, २०८२
९ महिनाअघि

विराटनगर । युवा प्रतिभा र दक्ष जनशक्ति उत्पादनका लागि गठन भएको आदर्श अप्रेन्टिसीप आल्मुनाई एसोसिएसनले शिक्षालय र उद्योगबीचको अप्रेन्टिसीप कार्यक्रमको समीक्षा गरेको छ ।

विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयको आइटी र इसिडिएफ अप्रेन्टिसीप कार्यक्रमका स्नातकहरूले गठन गरेको अप्रेन्टिसीप आल्मुनाई एसोसिएसनले उक्त कार्यक्रम गरेको हो ।

चेम्बर अफ इन्डस्ट्रीज मोरङको सेमिनार हलमा शनिबार आयोजित अप्रेन्टिसीप कार्यक्रमको समीक्षा तथा छलफल कार्यक्रम अत्यन्त प्रभावकारी रूपमा सम्पन्न भएको थियो ।

”अप्रेन्टिसीप नै भविष्य हो” भन्ने नारासहित आयोजना गरिएको यस कार्यक्रमले शिक्षालय र उद्योगबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको विश्वास गरिएको छ ।

कार्यक्रममा उद्योग, शिक्षा र अप्रेन्टिसीप क्षेत्रका अनुभव र सम्भावनाको गहन समीक्षा भएको थियो।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अप्रेन्टिसीप कार्यक्रमले दक्ष र आत्मविश्वासी जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

सिटिईभिटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले यसले उद्योगको सीप माग र युवाहरूको क्षमताबीचको अन्तर घटाउने बताए ।

इन्स्योर परियोजना कोशी प्रदेश प्रमुख विकास पन्थीले उद्योग, शिक्षा र सीप विकासबीचको सहकार्यलाई दीर्घकालीन र दिगो बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

उनले नीति निर्माण र परिणाममुखी प्रणाली विकासमा पनि यस कार्यक्रमको योगदान उच्च रहेको बताए ।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालय–उद्योग सहकार्यलाई अझ मजबुत बनाउँदै विद्यार्थीहरूलाई रोजगारीमुखी तथा जीवनोपयोगी सीप प्रदान गर्न अप्रेन्टिसीप कार्यक्रम प्रभावकारी रहेको बताए ।

साथै उनले स्वीस सरकार, नेपाल सरकार, इन्स्योर परियोजना तथा उद्योग प्रतिष्ठानप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा रेखा उप्रेतीको संयोजनमा उद्योग, संघ–संस्था, स्नातक प्रशिक्षार्थी, हाल उद्योगमा कार्यरत प्रशिक्षार्थी, हालै अप्रेन्टिसीपमा भर्ना भएका प्रशिक्षार्थी, इन–कम्पनी प्रशिक्षक, कार्यक्रम संयोजक र सिटिईभिटी प्रतिनिधिहरूको सहभागितामा प्यानल छलफल सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा कुल १८० भन्दा बढी सहभागीहरू उपस्थित थिए।

साथै प्रेरणादायी सत्रमार्फत रत्नबहादुर बुढाले युवाहरूलाई करियर लक्ष्यप्रति केन्द्रित रहन, निरन्तर परिश्रम गर्न र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिए ।

अप्रेन्टिसीप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै ३० भन्दा बढी आई.टी. संस्था, विभिन्न उद्योग प्रतिष्ठान तथा इन–कम्पनी प्रशिक्षकहरूलाई आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनद्वारा सम्मान र धन्यवाद प्रदान गरिएको थियो।

अप्रेन्टिसीप कार्यक्रमको सफलताले विद्यार्थीहरूको प्रेरणा बढाउन मद्दत भएको कुरा आदर्श अप्रेन्टिसीप आल्मुनाई एसोसिएसनकी सचिव अनजुम आराले उल्लेख गरिन् ।

कार्यक्रम अप्रेन्टिसीप आल्मुनाई एसोसिएसनका अध्यक्ष विक्रम साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित समय: बुधबार २ पुस, २०८२, २१:२५:३८

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०