शिक्षादीपमा नवप्रवर्तन प्रदर्शनी : रोबोट, एआई भ्वाइस असिस्टेन्टदेखि ‘एग्रो कनेक्ट’ एपसम्म प्रदर्शन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ मङ्सिर, २०८२
८ महिनाअघि

विराटनगर । कोशी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्था शिक्षादीप कलेजले विद्यार्थीहरूको प्राविधिक क्षमता र व्यावसायिक सोच विकास गर्ने उद्देश्यले आयोजना गरेको नवप्रवर्तन प्रदर्शनीले उल्लेखनीय सफलता हासिल गरेको छ।

कलेजले काठमाडौंका तीन प्रतिष्ठित शैक्षिक संस्था—कोर्ड हिमालयन, टेक स्पायर कलेज र पीसीपीएस कलेजसँगको साझेदारीमा १० दिने आइटी तथा व्यवस्थापन प्रशिक्षण सम्पन्न गरेको थियो। यस प्रशिक्षणमा ७५४ विद्यार्थीको सहभागिता रहेको थियो, जसमध्ये ६२० जना विज्ञान संकाय र १३४ जना व्यवस्थापन संकायका थिए।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका अत्याधुनिक रोबोट र नवीन व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए। विशेष आकर्षणको रूपमा बोल्न सक्ने र मानिसको अनुहारबाट खुशी वा दुःखको भाव पहिचान गर्न सक्षम रोबोट प्रदर्शनीमा राखिएको थियो।

विज्ञान संकायका विद्यार्थीले रोबोटिक्स परियोजनामा केन्द्रित रहँदा व्यवस्थापन संकायका विद्यार्थीले नवप्रवर्तनात्मक व्यावसायिक अवधारणा प्रस्तुत गरेका थिए। आइटी ह्याकाथुनमा ६० र व्यवस्थापनको बिजनेस सेसनमा ३५ विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए।

प्रशिक्षणमा काठमाडौंबाट आइटी विज्ञ कृपा श्रेष्ठ, कृषकुमार श्रेष्ठ, सुदीप अधिकारी, रुपन ढुंगाना, परिवेश दंगाल र मनिषकुमार यादवले प्रशिक्षण प्रदान गरेका थिए।

टेक स्पायर कलेजका सीईओ आशिष प्रसाईंले शिक्षादीपसँगको सहकार्यप्रति सन्तोष व्यक्त गर्दै आइटी क्षेत्रमा विश्वव्यापी रूपमा दक्ष जनशक्तिको माग तीव्र गतिमा बढिरहेको बताए।

“आइटीमा अथाह सम्भावना छन्। सीप र प्रविधि जानेको जनशक्तिले बेरोजगार बस्नुपर्दैन,” उनले भने।

कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी समूहलाई नगद पुरस्कारसहित सम्मान गरिने जानकारी दिँदै प्रविधि शिक्षाको महत्वबारे प्रकाश पारे।

“प्रविधिको ज्ञान बिना आजको प्रतिस्पर्धी संसारमा अगाडि बढ्न सकिँदैन। प्रविधियुक्त जनशक्तिले विश्वको जुनसुकै स्थानमा पनि रोजगारीको अवसर पाउन सक्छ,” उनले भने।

खड्काले कलेजले विगतदेखि नै प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको र विद्यार्थीहरू कुनै पनि क्षेत्रमा कमजोर नहोउन् भन्ने उद्देश्यले उचित वातावरण सिर्जना गरेको बताए।

शिक्षादीप कलेजले नियमित पठनपाठनका साथै कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, खेलकुद तथा अन्तरकलेज प्रतियोगिताजस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा निरन्तर जोड दिँदै आएको छ।

कलेजका निर्देशक रामचन्द्र अधिकारीका अनुसार यस किसिमको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आइएको छ र उत्कृष्ट अवधारणा प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने जानकारी दिए।

प्रकाशित समय: शनिवार २८ मङ्सिर, २०८२, २०:१२:४३

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
२ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
३ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०