कांग्रेस महाधिवेशन : विराटनगर महानगर सभापतिमा युवा नेता गिरीको चर्चा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ मङ्सिर, २०८२
११ महिनाअघि

नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा विराटनगर महानगरपालिका सभापतिका लागि युवा नेता अभिषेक गिरीको उम्मेदवारी चर्चाको केन्द्रबिन्दु बनेको छ। पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १५औं महाधिवेशनअघि सम्पन्न हुने महानगरको अधिवेशनमा सामाजिक अभियन्तासमेत रहेका गिरी सभापतिका लागि तयारी थालेको स्रोतले जनाएको छ।

लामो समयदेखि विराटनगरमा कांग्रेसलाई सशक्त र बृहत् बनाउने अभियानमा सक्रिय रहेका गिरीले पहिलोपटक नेतृत्वमा इच्छा जताएको भन्दै युवा कार्यकर्ताहरू आशावादी देखिएका छन्। शुक्रबार गिरीले कांग्रेससँग आस्था राख्ने युवा र जेनजीका केही अगुवासँग भएको छलफल गरेका थिए, जसमा अधिकांशले उनलाई महानगर सभापति बन्न सुझाव दिएका थिए।

Advertisement

छलफलमा सहभागीहरूले गिरी सभापति बनेमा कांग्रेस आबद्ध मात्र नभई अन्य युवापुस्तालाई पनि समेट्न सकिने विश्वास व्यक्त गरेका छन्। हालैमात्र भएको जेनजी विद्रोहपछि युवाले राजनीतिमा आउनुपर्छ भन्ने माग सर्वत्र उठिरहेका बेला गिरी महनगरको नेतृत्वमा आउँदा पार्टीभित्र र बाहिर दुवैतर्फबाट उनको नाममा सहमति बन्दै जाने उनीहरूको भनाइ थियो।

आफ्नो संयोजनमा रहेको गिरी फाउन्डेसनमार्फत सामाजिक कार्यहरूमा सक्रिय रहेका गिरी समाज सेवासँगसँगै पार्टीका अन्य गतिविधिहरूमा पनि उत्तिकै सक्रिय छन्। केही समयअगाडि उनले गिरी फाउन्डेसनमार्फत नेपाली कांग्रेसका अग्रज नेता–कार्यकर्तालाई सम्मान गरेका थिए।

गिरीले विराटनगर महानगरपालिका–८ का ७५ जना पुराना नेता कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरेका थिए। पार्टीका लागि दिएको अतुलनीय योगदानको कदर गर्दै अग्रज नेता–कार्यकर्तालाई सम्मान गरेका गिरी युवामाझ मात्र नभएर ज्येष्ठ सदस्यहरुबीच पनि उत्तिकै चर्चित छन्।

यसै कुरालाई मध्येनजर गरेर गिरीले संगठनलाई अझ विस्तार गर्ने लक्ष्यसहित पार्टी प्रवेश गर्ने कामलाई निरन्तरता दिइरहेका छन्। शनिबार (भोलि) पनि उनकै अगुवाइमा करिब डेढ सय जनालाई पार्टीमा प्रवेश गराउने तयारी रहेको बताइएको छ।

नेपाली कांग्रेसको सिद्धान्त तथा विचारलाई आत्मसात गर्दै लोकतन्त्रको चीरस्थायी प्रयोजनमा आफूलाई समाहित गर्ने उद्देश्यबाट अभिप्रेरित भई विभिन्न तहतप्कामा रहेका व्यक्तिहरूलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउन लागिएको गिरीको भनाइ छ।

विराटनगर सभापतिको दाबेदारीका विषयमा भने गिरीले युवापुस्ताको साथ र पार्टीको निर्देशन भएमा नेतृत्व लिन तयार रहेको स्वीकारेका छन्। गिरी सार्वजनिक तथा निजी अस्पताल सुधार, सामुदायिक विद्यालय सुधार, सार्वजनिक सम्पत्तिको संरक्षण, स्वदेशमै रोजगारी, सरसफाइ अभियान, कोशी अस्पताल सुधार अभियान, वृक्षारोपण अभियान, प्राकृतिक प्रकोप उद्दारमा हरहमेशा खटिने गरेका छन्।

कांग्रेस विराटनगर महानगरको नेतृत्व चयनले मोरङको राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले यसपटकको महाधिवेशन विशेष चासोको विषय बनेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०