कांग्रेस महाधिवेशन : विराटनगर महानगर सभापतिमा युवा नेता गिरीको चर्चा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ मङ्सिर, २०८२
९ महिनाअघि

नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा विराटनगर महानगरपालिका सभापतिका लागि युवा नेता अभिषेक गिरीको उम्मेदवारी चर्चाको केन्द्रबिन्दु बनेको छ। पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १५औं महाधिवेशनअघि सम्पन्न हुने महानगरको अधिवेशनमा सामाजिक अभियन्तासमेत रहेका गिरी सभापतिका लागि तयारी थालेको स्रोतले जनाएको छ।

लामो समयदेखि विराटनगरमा कांग्रेसलाई सशक्त र बृहत् बनाउने अभियानमा सक्रिय रहेका गिरीले पहिलोपटक नेतृत्वमा इच्छा जताएको भन्दै युवा कार्यकर्ताहरू आशावादी देखिएका छन्। शुक्रबार गिरीले कांग्रेससँग आस्था राख्ने युवा र जेनजीका केही अगुवासँग भएको छलफल गरेका थिए, जसमा अधिकांशले उनलाई महानगर सभापति बन्न सुझाव दिएका थिए।

छलफलमा सहभागीहरूले गिरी सभापति बनेमा कांग्रेस आबद्ध मात्र नभई अन्य युवापुस्तालाई पनि समेट्न सकिने विश्वास व्यक्त गरेका छन्। हालैमात्र भएको जेनजी विद्रोहपछि युवाले राजनीतिमा आउनुपर्छ भन्ने माग सर्वत्र उठिरहेका बेला गिरी महनगरको नेतृत्वमा आउँदा पार्टीभित्र र बाहिर दुवैतर्फबाट उनको नाममा सहमति बन्दै जाने उनीहरूको भनाइ थियो।

आफ्नो संयोजनमा रहेको गिरी फाउन्डेसनमार्फत सामाजिक कार्यहरूमा सक्रिय रहेका गिरी समाज सेवासँगसँगै पार्टीका अन्य गतिविधिहरूमा पनि उत्तिकै सक्रिय छन्। केही समयअगाडि उनले गिरी फाउन्डेसनमार्फत नेपाली कांग्रेसका अग्रज नेता–कार्यकर्तालाई सम्मान गरेका थिए।

गिरीले विराटनगर महानगरपालिका–८ का ७५ जना पुराना नेता कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरेका थिए। पार्टीका लागि दिएको अतुलनीय योगदानको कदर गर्दै अग्रज नेता–कार्यकर्तालाई सम्मान गरेका गिरी युवामाझ मात्र नभएर ज्येष्ठ सदस्यहरुबीच पनि उत्तिकै चर्चित छन्।

यसै कुरालाई मध्येनजर गरेर गिरीले संगठनलाई अझ विस्तार गर्ने लक्ष्यसहित पार्टी प्रवेश गर्ने कामलाई निरन्तरता दिइरहेका छन्। शनिबार (भोलि) पनि उनकै अगुवाइमा करिब डेढ सय जनालाई पार्टीमा प्रवेश गराउने तयारी रहेको बताइएको छ।

नेपाली कांग्रेसको सिद्धान्त तथा विचारलाई आत्मसात गर्दै लोकतन्त्रको चीरस्थायी प्रयोजनमा आफूलाई समाहित गर्ने उद्देश्यबाट अभिप्रेरित भई विभिन्न तहतप्कामा रहेका व्यक्तिहरूलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउन लागिएको गिरीको भनाइ छ।

विराटनगर सभापतिको दाबेदारीका विषयमा भने गिरीले युवापुस्ताको साथ र पार्टीको निर्देशन भएमा नेतृत्व लिन तयार रहेको स्वीकारेका छन्। गिरी सार्वजनिक तथा निजी अस्पताल सुधार, सामुदायिक विद्यालय सुधार, सार्वजनिक सम्पत्तिको संरक्षण, स्वदेशमै रोजगारी, सरसफाइ अभियान, कोशी अस्पताल सुधार अभियान, वृक्षारोपण अभियान, प्राकृतिक प्रकोप उद्दारमा हरहमेशा खटिने गरेका छन्।

कांग्रेस विराटनगर महानगरको नेतृत्व चयनले मोरङको राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले यसपटकको महाधिवेशन विशेष चासोको विषय बनेको छ।

प्रकाशित समय: शुक्रबार २७ मङ्सिर, २०८२, १८:२६:३१

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०