एभरेष्टमा तीन दिने वादविवाद कार्यशाला सुरु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १ मङ्सिर, २०८२
१० महिनाअघि

विराटनगर । संसदीय अभ्यास अनुसारको वादविवाद गर्न सिकाउने लक्ष्यका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीन दिने वादविवाद कार्यशाला सञ्चालन गरेको छ ।

डिवेट नेटवर्क नेपाल (डीएनएन) नामक संस्थासँगको सहकार्यमा एभरेष्टले कार्यशाला सञ्चालन गरेको हो ।

जहाँ कक्षा ६ देखि ११ का वादविवादमा रुचि राख्ने १२० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।

एभरेष्ट स्कुलको सभा हलहरूमा भइरहेको कार्यशालामा डिएनएनका तीन जना प्रतिनिधिहरु इशान पोखरेल, पीयुष पन्त र आशिमा चालिसेले विद्यार्थीहरुलाई सहजिकरण गरिरहेका छन् ।

कार्यशालामा विद्यार्थीहरुलाई स्पष्ट वक्ता बन्नका लागि चाहिने आवश्यक गुण, वाचनका शैली तथा विषयवस्तुको अध्ययन र प्रस्तुती लगायतका विषयहरुमा सिकाइने छ ।

यसका साथै संसदमा कसरी आफ्ना तर्कहरु राखिन्छ, त्यहाँको मर्यादा कस्तो हुन्छ ? के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयहरूले पनि कार्यशालामा महत्व पाउने विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले बताए ।

उनका अनुसार ‘वर्ल्ड डिवेट च्याम्पियनसीप’ को शैली विद्यार्थीहरुले सिक्ने विश्वास विद्यालयको छ ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले आफ्ना तर्क र खण्डनलाई कसरी मर्यादित भएर प्रस्तुत गर्ने ? तथा नेपालको संसदीय अभ्यास तथा शक्तिशाली र सम्पन्न राष्ट्रहरुको संसदीय अभ्यासका विषयमा पनि जानकारी दिलाउन यो कार्यशाला प्रभावकारी हुने बताए ।

उनले भने,‘ नेपालको संसदीय अभ्यास हेर्दा कहिलेकाँही मर्यादा विपरीत भएको देखिने गरेको छ, त्यसैले भोलिका कर्णधारहरुलाई बेलै देखि यसरी अभ्यास गराउन आवश्यक छ ।’

अन्तर्राष्ट्रिय स्तरमा आफ्ना विद्यार्थीलाई सहभागिता गराउँदै अघि बढेको एभरेष्टले त्यस्ता फोरमहरुमा पनि अब्बलता प्रस्तुत गरेको छ ।

आफ्नै विद्यार्थीहरु बिच संयुक्त राष्ट्रसंघको नमुना अभ्यास कार्यक्रम गरेको एभरेष्टका विद्यार्थीहरुले त्यस्तै कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीहरुमाझ भियतनाममा उत्कृष्ट प्रस्तुती गरेर फर्किएका छन् ।

एभरेष्टकै इशल भट्टराईले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकलामा सेमिफाइनलमा उत्कृष्ट प्रस्तुति दिएर फाइनल स्पर्धामा भाग लिन चीन गएका छन् ।

प्रकाशित समय: आईतबार १ मङ्सिर, २०८२, १५:२५:५१

सम्बन्धित खबर

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
२ दिनअघि

विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 

बिहिबार २८ साउन, २०८३
३ हप्ताअघि

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
२ महिनाअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
२ महिनाअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०