मोरङ प्रहरीले बढायो जेनजी आन्दोलनको आवरणमा विध्वंस मच्चाउनेहरूलाई निगरानी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ असोज, २०८२
१ वर्षअघि

विराटनगर । जेनजी आन्दोलनको आवरणमा कोशी प्रदेशको राजधानी विराटनगरमा आगजनी, तोडफोड एवं लुटपाट गरेर विध्वंस मच्चाउने समूहमाथि मोरङ प्रहरीले निगरानी बढाएको छ ।

सरकारी एवं निजी सम्पत्ति र व्यापारिक मलमा आगजनी गरेर आतंक मच्चाउनेहरु प्रहरीको उच्च निगरानीमा रहेका हुन् ।

Advertisement

विराटनगरसहित मोरङका विभिन्न स्थानमा विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले गरिरहेको छ ।

मोरङ प्रहरी प्रमुखको कार्यभार सम्हालेका एसपी (प्रहरी उपरीक्षक) कवित कटवालले बुधबार बिहान पत्रकारसँगको परिचयात्मक कार्यक्रममा सरकारी र निजी सम्पत्तिमाथि आगजनी गर्नेहरुलाई उन्मुक्ति दिन नसकिने स्पष्ट पारेका छन् ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवाका आधारमा एसपी कटवाल सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका हुन् ।

मोरङ हाजिर भएको तेस्रो दिनमै पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै उनले आगजनी एवं तोडफोडबाट क्षति पुगेका संरचनाको मुचुल्का उठाउने काम सम्पन्न भइसकेको जानकारी दिए ।

जेनजी आन्दोलनका नाममा अराजक समूहले गत भदौ २४ गते विराटनगरसहित मोरङका विभिन्न सरकारी कार्यालय तथा निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाएको थियो ।

प्रहरीले यसअघि नै घटनासँग सम्बन्धित फोटो, भिडियोलगायतका प्रमाणहरु उपलब्ध गराउन सार्वजनिक रूपमा आह्वान गरेको थियो ।

प्रमाण उपलब्ध गराउनेको पहिचान प्रहरीले गोप्य राख्ने छ ।

‘प्रहरीले आग्रह गरिसकेपछि फोटो र भिडियोलगायतका धेरै प्रमाणहरु प्राप्त भइसकेका छन् । अझै पनि प्राप्त हुने क्रममा छन्,’ एसपी कटवालले भने, ‘प्राप्त प्रमाणको विश्लेषण गर्ने काम भइरहेको छ । ‘स्क्रिनिङ’ गरेर घटनामा संलग्नका बारेमा यकिन भइसकेपछि कारबाहीको दायरामा ल्याउँछौं ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०