मोरङ प्रहरीले बढायो जेनजी आन्दोलनको आवरणमा विध्वंस मच्चाउनेहरूलाई निगरानी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ असोज, २०८२
७ महिनाअघि

विराटनगर । जेनजी आन्दोलनको आवरणमा कोशी प्रदेशको राजधानी विराटनगरमा आगजनी, तोडफोड एवं लुटपाट गरेर विध्वंस मच्चाउने समूहमाथि मोरङ प्रहरीले निगरानी बढाएको छ ।

सरकारी एवं निजी सम्पत्ति र व्यापारिक मलमा आगजनी गरेर आतंक मच्चाउनेहरु प्रहरीको उच्च निगरानीमा रहेका हुन् ।

विराटनगरसहित मोरङका विभिन्न स्थानमा विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले गरिरहेको छ ।

मोरङ प्रहरी प्रमुखको कार्यभार सम्हालेका एसपी (प्रहरी उपरीक्षक) कवित कटवालले बुधबार बिहान पत्रकारसँगको परिचयात्मक कार्यक्रममा सरकारी र निजी सम्पत्तिमाथि आगजनी गर्नेहरुलाई उन्मुक्ति दिन नसकिने स्पष्ट पारेका छन् ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवाका आधारमा एसपी कटवाल सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका हुन् ।

मोरङ हाजिर भएको तेस्रो दिनमै पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै उनले आगजनी एवं तोडफोडबाट क्षति पुगेका संरचनाको मुचुल्का उठाउने काम सम्पन्न भइसकेको जानकारी दिए ।

जेनजी आन्दोलनका नाममा अराजक समूहले गत भदौ २४ गते विराटनगरसहित मोरङका विभिन्न सरकारी कार्यालय तथा निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाएको थियो ।

प्रहरीले यसअघि नै घटनासँग सम्बन्धित फोटो, भिडियोलगायतका प्रमाणहरु उपलब्ध गराउन सार्वजनिक रूपमा आह्वान गरेको थियो ।

प्रमाण उपलब्ध गराउनेको पहिचान प्रहरीले गोप्य राख्ने छ ।

‘प्रहरीले आग्रह गरिसकेपछि फोटो र भिडियोलगायतका धेरै प्रमाणहरु प्राप्त भइसकेका छन् । अझै पनि प्राप्त हुने क्रममा छन्,’ एसपी कटवालले भने, ‘प्राप्त प्रमाणको विश्लेषण गर्ने काम भइरहेको छ । ‘स्क्रिनिङ’ गरेर घटनामा संलग्नका बारेमा यकिन भइसकेपछि कारबाहीको दायरामा ल्याउँछौं ।’

प्रकाशित समय: बिहिबार ९ असोज, २०८२, ०७:२३:२९

सम्बन्धित खबर

समिति सभापति चयनअघि रास्वपाको संसदीय दल बैठक आज

बुधबार २ ब‌ैशाख, २०८३
१ दिनअघि

सनसाइन बोर्डिङ स्कुलले गर्‍यो एसइई दिने विद्यार्थीलाई शुभकामनासहित विदाइ

शुक्रबार ६ चैत, २०८२
४ हप्ताअघि

अरनिको कलेजमा दुई महिने एआई तालिम सम्पन्न

मङ्गलबार २६ फाल्गुण, २०८२
१ महिनाअघि

हेरिटेज इन्टरनेसनल स्कुलले ‘मदर्स क्रिकेट लिग’ गर्दै मनायो अन्तर्राष्ट्रिय महिला दिवस

आईतबार २४ फाल्गुण, २०८२
१ महिनाअघि

काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी

शुक्रबार २२ फाल्गुण, २०८२
१ महिनाअघि

अर्किड स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

शनिवार १६ फाल्गुण, २०८२
२ महिनाअघि
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०