प्याब्सन विराटनगरद्वारा अंग्रेजी हिज्जे प्रतियोगिता : मदरल्याण्डकाे पोल्टामा ट्रफी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । प्याब्सन विराटनगर महानगर कार्यसमितिको आयोजनामा सम्पन्न अंग्रेजी हिज्जे प्रतियोगितामा मदरल्याण्ड एकाडेमी प्रथम, एभरेष्ट ईङ्लिस स्कुल दितीय, बुढानिलकण्ठ स्कुल तृतीय तथा अरनिको सेकेण्डरी स्कुल सान्त्वना स्थानमा चयन भएका छन्।

यी विद्यालयहरूसहित हेरिटेज ईन्टरनेशनल स्कुल, मोर्डनएरा सेकेण्डरी स्कुल, श्री श्री श्री रविशंकर स्कुल, जेम्स सेकेण्डरी स्कुल, दिल्ली पब्लिक स्कुल, अर्पण सेकेण्डरी स्कुल, सेन्ट जोसेफ सेकेण्डरी स्कुल, डिएभी स्कुल र सप्तकोशी सेकेण्डरी स्कुल समेत जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताका लागि छनोट भएका छन्।

कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको यस प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका प्याब्सन सदस्य विद्यालयहरू सक्रिय रूपमा संलग्न भएका थिए। प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीलाई प्रमुख तथा विशिष्ट अतिथिहरूले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

समापन तथा पुरस्कार वितरण कार्यक्रम प्याब्सन प्राज्ञिक परिषद् सदस्य तथा जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता संयोजक रमेशकुमार मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा प्याब्सन विराटनगर महानगर कार्यसमितिका अध्यक्ष अर्जुन श्रेष्ठले अध्यक्षता गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेशकुमार मिश्रले विद्यार्थीहरूले देखाएको आत्मविश्वास, शब्द ज्ञान र प्रस्तुति शैली प्रशंसनीय रहेको उल्लेख गरे ।

उनले यस किसिमका प्रतियोगिताले विद्यार्थीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।

त्यस्तै, प्याब्सन प्राज्ञिक परिषद् सदस्य डा. उद्धव पोखरेलले विद्यालयस्तरमै शैक्षिक प्रतियोगिता आयोजना हुनु निकै सकारात्मक भएको बताए ।

उनका अनुसार यसले विद्यार्थीलाई भाषा सिकाइसँगै विश्लेषण क्षमता र मानसिक विकासमा ठूलो टेवा पुर्‍याउँछ।

सो अवसरमा प्याब्सन कोशी प्रदेश कोषाध्यक्ष प्रेमलाल सिंह सुवालले यस किसिमका शैक्षिक गतिविधिहरूले विद्यार्थीको प्रतिभा उजागर गर्ने मात्र नभई सम्पूर्ण शैक्षिक संस्थाबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने बताए ।

उनले कोशी प्रदेशस्तरमै पनि उत्कृष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए ।

यसैगरी, प्याब्सन विराटनगर महानगर कार्यसमितिका अध्यक्ष अर्जुन श्रेष्ठले विजयी विद्यार्थी तथा विद्यालयलाई बधाई दिँदै आगामी जिल्ला स्तरीय प्रतियोगितामा पूर्ण सफलताको शुभकामना दिए ।

उनले प्याब्सनले विद्यार्थीलाई सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको अवसर दिने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

समापन कार्यक्रममा प्याब्सन मोरङ वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष विष्णु डंगोल, जिल्ला सदस्य इन्द्र राई, हिरा थापा, नन्दलाल मण्डल, महानगर उपाध्यक्ष अशोक लामा, कोषाध्यक्ष गोपाल, सहसचिव दिनेश ढुंगाना तथा सदस्यहरू इश्वरीप्रसाद मिश्र र संजय पास्वान, कार्यक्रम संयाेजन समितिकाे सदस्य विजय दाहाल लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।

प्रकाशित समय: शुक्रबार १३ भदौ, २०८२, २२:०४:३७

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०