शिक्षा विधेयकका कारण आत्मनिर्भर निजी शिक्षा क्षेत्र ध्वस्त हुन्छ : पुरी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । सरकारले ल्याउन लागेको शिक्षा विधेयकविरुद्ध कोशी प्रदेशको राजधानी विराटनगरमा निजी विद्यालयका सञ्चालकहरूले प्रदर्शन गरिरहेका छन् ।

संघीय शिक्षा ऐनअन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिविरुद्ध भन्दै सोमबार पनि प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरे ।

हातमा कालोपट्टी बाँधेर उनीहरू सडकमा उत्रिएका थिए भने उल्टो साइकल चलाएर पनि सांकेतिक रूपमा विरोध प्रदर्शन भएको थियो । विराटनगरको महेन्द्रचोकबाट सुरु भएको प्रर्दशन देवकोटा चोकमा कोणसभापछि समापन भएको थियो ।

कोणसभामा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय सल्लाहकार टिकाराम पुरीले देशको आत्मनिर्भर निजी शिक्षा क्षेत्रलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

राज्यले निजी क्षेत्रको योगदानको अवमूल्यन गरी यस क्षेत्रलाई नै समाप्त पार्न खोजेको आरोप पुरीको छ ।

सल्लाहकार पुरीले नेपालको शिक्षा क्षेत्र एक मात्र यस्तो क्षेत्र भएको बताए ।

‘जुन विदेशी वस्तु वा लगानीमा नभई आफ्नै लगानी र परिश्रममा आत्मनिर्भर बनेको छ । आज देशमा हरेक तयारी वस्तु विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ, तर शिक्षा क्षेत्र आफ्नै खुट्टामा उभिएको छ। यही आत्मनिर्भर क्षेत्रलाई अहिलेको विधेयकले खल्बल्याउने र धराशायी बनाउने काम गर्दैछ,’ उनले भने ।

निजी विद्यालयहरूले देशको शैक्षिक गुणस्तर उकास्न र रोजगारी सिर्जना गर्न पुर्‍याएको योगदानको स्मरण गराउँदै उनले भने, ‘कुनै समय दार्जिलिङ, कर्स्याङ र नैनितालमा नेपाली विद्यार्थी पढ्न जानबाट रोक्न सफल निजी क्षेत्रको योगदानलाई बिर्सेर आज लाखौँ विद्यार्थी र अरबौँ रुपैयाँ विदेशिइरहेको अवस्थाप्रति सरकार गम्भीर छैन ।’

उनले निजी क्षेत्रले राज्यलाई ठूलो मात्रामा कर तिरेर देशको जीडीपीमा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथ्यलाई राजनीतिले तिरस्कार गरेकोमा खेद व्यक्त गरे ।

पुरीले शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरूलाई ‘कर्मवीर’ र ‘कलमवीर’ को संज्ञा दिँदै उनीहरूले आफ्नो पैतृक सम्पत्ति र जीवनभरको कमाइ लगानी गरेर राष्ट्र निर्माणमा सघाएको बताए ।

‘हामीले हाम्रो दिमाग, सम्पत्ति र जिन्दगी नै यो क्षेत्रमा अर्पण गरेका छौँ। तर आज राज्यले हाम्रो लगानी र समर्पणमाथि नै प्रहार गर्दैछ, यो अत्यन्त विडम्बनापूर्ण छ,’ उनले आक्रोश पोखे ।

सरकारसँग निजी क्षेत्रले कुनै अनुदान वा सहयोग नमागेको स्पष्ट पार्दै पुरीले केवल लगानीको सुरक्षा र काम गर्नका लागि उचित वातावरण मात्र खोजेको बताए ।

‘५४ वर्षपछि आउन लागेको शिक्षा ऐनले गुणस्तरीय र सीपमूलक शिक्षाको मार्ग प्रशस्त गर्नुपर्ने हो, तर यसले त हाम्रो खुट्टा बाँध्ने र चल्नै नसक्ने नीति ल्याउन खोज्दैछ,’ उनले भने ।

उनले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि सरकारले हामीलाई काम गर्न नदिने, हातखुट्टा बाँध्ने गरी नै नीति ल्याउँछ भने हामी यो क्षेत्रबाट हात धुन बाध्य हुनेछौँ। त्यसपछि नेपालको शैक्षिक भविष्य कहाँ पुग्छ, त्यसको कल्पना सरकारले नै गरोस्।’

प्रकाशित समय: सोमबार ९ भदौ, २०८२, १८:०४:५८

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०