शिक्षा विधेयकका कारण आत्मनिर्भर निजी शिक्षा क्षेत्र ध्वस्त हुन्छ : पुरी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । सरकारले ल्याउन लागेको शिक्षा विधेयकविरुद्ध कोशी प्रदेशको राजधानी विराटनगरमा निजी विद्यालयका सञ्चालकहरूले प्रदर्शन गरिरहेका छन् ।

संघीय शिक्षा ऐनअन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिविरुद्ध भन्दै सोमबार पनि प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरे ।

Advertisement

हातमा कालोपट्टी बाँधेर उनीहरू सडकमा उत्रिएका थिए भने उल्टो साइकल चलाएर पनि सांकेतिक रूपमा विरोध प्रदर्शन भएको थियो । विराटनगरको महेन्द्रचोकबाट सुरु भएको प्रर्दशन देवकोटा चोकमा कोणसभापछि समापन भएको थियो ।

कोणसभामा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय सल्लाहकार टिकाराम पुरीले देशको आत्मनिर्भर निजी शिक्षा क्षेत्रलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

राज्यले निजी क्षेत्रको योगदानको अवमूल्यन गरी यस क्षेत्रलाई नै समाप्त पार्न खोजेको आरोप पुरीको छ ।

सल्लाहकार पुरीले नेपालको शिक्षा क्षेत्र एक मात्र यस्तो क्षेत्र भएको बताए ।

‘जुन विदेशी वस्तु वा लगानीमा नभई आफ्नै लगानी र परिश्रममा आत्मनिर्भर बनेको छ । आज देशमा हरेक तयारी वस्तु विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ, तर शिक्षा क्षेत्र आफ्नै खुट्टामा उभिएको छ। यही आत्मनिर्भर क्षेत्रलाई अहिलेको विधेयकले खल्बल्याउने र धराशायी बनाउने काम गर्दैछ,’ उनले भने ।

निजी विद्यालयहरूले देशको शैक्षिक गुणस्तर उकास्न र रोजगारी सिर्जना गर्न पुर्‍याएको योगदानको स्मरण गराउँदै उनले भने, ‘कुनै समय दार्जिलिङ, कर्स्याङ र नैनितालमा नेपाली विद्यार्थी पढ्न जानबाट रोक्न सफल निजी क्षेत्रको योगदानलाई बिर्सेर आज लाखौँ विद्यार्थी र अरबौँ रुपैयाँ विदेशिइरहेको अवस्थाप्रति सरकार गम्भीर छैन ।’

उनले निजी क्षेत्रले राज्यलाई ठूलो मात्रामा कर तिरेर देशको जीडीपीमा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथ्यलाई राजनीतिले तिरस्कार गरेकोमा खेद व्यक्त गरे ।

पुरीले शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरूलाई ‘कर्मवीर’ र ‘कलमवीर’ को संज्ञा दिँदै उनीहरूले आफ्नो पैतृक सम्पत्ति र जीवनभरको कमाइ लगानी गरेर राष्ट्र निर्माणमा सघाएको बताए ।

‘हामीले हाम्रो दिमाग, सम्पत्ति र जिन्दगी नै यो क्षेत्रमा अर्पण गरेका छौँ। तर आज राज्यले हाम्रो लगानी र समर्पणमाथि नै प्रहार गर्दैछ, यो अत्यन्त विडम्बनापूर्ण छ,’ उनले आक्रोश पोखे ।

सरकारसँग निजी क्षेत्रले कुनै अनुदान वा सहयोग नमागेको स्पष्ट पार्दै पुरीले केवल लगानीको सुरक्षा र काम गर्नका लागि उचित वातावरण मात्र खोजेको बताए ।

‘५४ वर्षपछि आउन लागेको शिक्षा ऐनले गुणस्तरीय र सीपमूलक शिक्षाको मार्ग प्रशस्त गर्नुपर्ने हो, तर यसले त हाम्रो खुट्टा बाँध्ने र चल्नै नसक्ने नीति ल्याउन खोज्दैछ,’ उनले भने ।

उनले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि सरकारले हामीलाई काम गर्न नदिने, हातखुट्टा बाँध्ने गरी नै नीति ल्याउँछ भने हामी यो क्षेत्रबाट हात धुन बाध्य हुनेछौँ। त्यसपछि नेपालको शैक्षिक भविष्य कहाँ पुग्छ, त्यसको कल्पना सरकारले नै गरोस्।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०