विराटनगर । विराटनगर महानगरपालिका-९ मा अवस्थित ग्रिनल्यान्ड कलेजले आफ्ना विद्यार्थीहरूलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।
कोशी प्रदेशमा अग्रणी शैक्षिक संस्थाका रूपमा कहलिएको कलेजले आइतबार आफ्ना विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआएमबी) ले ग्रिनल्यान्डका विद्यार्थीहरूलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको कलेजका प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।
ग्रीनल्यान्डमा समय समयमा विभिन्न अतिरिक्त कार्यक्रमहरू सञ्चालन गर्ने गरेको र त्यसैको निरन्तरतास्वरूप सो कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।
हालैमात्र कलेजले आफ्ना विद्यार्थीहरूलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण प्रदान गरेको थियो । उसले साइबर अपराध नियन्त्रण र सचेतना अभिवृद्धि गर्ने अभिप्रायका साथ कक्षा १२ का विद्यार्थीहरूलाई विशेष प्रशिक्षण दिएको हो ।
विद्यार्थीहरूलाई पढाइका अतिरिक्त जीवन उपयोगी शिक्षा प्रदान गर्नु अहिलेको आश्यक रहेको प्रिन्सिपल दाहालको भनाइ छ ।
कलेजले पछिल्लो एक दशकयता गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
कम्प्युटर विज्ञान, व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।