विराटनगरमा पुष्पे थारूको स्मृतिमा अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । सडक दुर्घटनामा परी मृत्यु भएका पुष्पकुमार चौधरी (पुष्पे थारू) को स्मृतिमा विराटनगरमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

लियो क्लब अफ विराटनगर योङ हर्टको आयोजनामा यही भदौ १३ गते हुने प्रतियोगितामा १६ वटा शैक्षिक संस्थाहरूको सहभागिता रहने छ ।

Advertisement

महँगी, बेरोजगारी र युवाको भविष्य शीर्षकमा हुन लागेको प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, सत्यनारायण सेकेन्डरी स्कुल, शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल, एभरेस्ट सेकेन्डरी स्कुल, मेरिल्यान्ड कलेज, कान्तिपुर कलेज, ग्रिनल्यान्ड इन्टरनेसनल सेकेन्डरी स्कुल, सिद्धार्थ कलेज, अर्किड कलेज, सुष्मा गोदावारी कलेज, इटहरी नमुना कलेज, बिएसएन स्कुल अफ होटल म्यानजमेन्ट, सुकुना बहुमुखी क्याम्पस र सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले सहभागिता जनाउने छन् ।

लियो क्लब अफ विराटनगर योङ हर्टका पूर्वअध्यक्षसमेत रहेका थारूले यस संस्थाप्रति दिएको योगदानको उच्च सम्मान गर्दै प्रतियोगता गर्न लागेको कार्यसमिति अध्यक्ष कुशल कोइरालाले जानकारी दिए ।

‘यो एउटा सामाजिक कार्यमा अग्रसर रहने संस्था हो,’ उनले भने, ‘यसले गाउँ समाज र राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै उक्त आवश्यकता परिपूर्ति गर्ने कार्य अगाडि बढाउने गर्द छ । यस संस्थाका पूर्वअध्यक्ष पुष्पेको यही भाद्र ४ गते साँझ सडक दुर्घटनामा परी असामयिक निधन भएको छ । उक्त घटनाले सम्पूर्ण लियो परिवार शोकमा परेको छ ।’

उनका अनुसार प्रतियोगिताका विजेताले १० हजार, मेडल-ट्रफी र प्रमाणपत्र तथा १ वर्षको लाइफ इन्स्योरेन्स र ३ महिनाको जिम सब्सक्रिप्सन फ्रि अनि तीन/चार क्याफेबाट फुड कुपनको व्यवस्था रहेको छ ।

यसैगरी दोस्रो हुनेलाई नगद रु ५ हजार, मेडल,ट्रफी, प्रमाणपत्र, फुड कुपन तथा तीन हजार, ट्रफी, मेडल, प्रमाणपत्र, फुड कुपन अनि चौथोलाई १५०० नगद, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा जिनियस ग्रभ इन्टरनेसनल इजुकेसन प्रा.लि. रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०