प्याब्सन रत्न पदकबाट पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३१ साउन, २०८२
१ वर्षअघि

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित भएका छन् ।

उनलाई काठमाडौं प्याब्सनले एक समारोहकाबीच सम्मान गरेको हो ।

विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो ।

उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरे ।

पुरीलाई देशका कर्णधारका रुपमा बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा नेपालको शिक्षामा आधुनिकिकरणको जग हाल्ने व्यक्तित्वको रुपमा प्याब्सन काठमाडौंले परिभाषित गरेको छ ।

यस्तै नीजि विद्यालयहरुलाई एकत्रित गर्ने देखि लिएर प्याब्सनको विधान निर्माण गर्दै असल संस्कारको विकास गर्ने तथा प्याब्सनको जिल्ला तथा केन्द्रको भवन निर्माण गरेर स्थायी भविष्य निर्माणको काम समेत पुरीले गरेको भन्दै प्रशंसा गरेको छ ।

यसैगरी आफ्नो जीवनका भोगाई हरुको साहित्यिक कृति खालि खुट्टा प्रकाशन गरेर नयाँ पुस्तालाई समेत उर्जा भर्ने काम गरेको भन्दै प्याब्सनले कृतज्ञता ब्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पन्तले नीजि क्षेत्रले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे ।

त्यसमा पनि सम्मानित पुरीले शैक्षिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सम्मानित पुरी शैक्षिक क्षेत्रका पथ प्रदर्शक रहेको भन्दै चर्चा गरे ।

यसैबीच सम्मानित पुरीले काठमाडौं प्याब्सनले आफूलाई गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको शैक्षिक उन्नयनका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले निजी क्षेत्र सदैव सरकारका सारथिका रुपमा रहेको स्मरण गराउँदै राज्यले पनि सोहि अनुसारको भूमिका निर्वाह गरिदिनुपर्ने बताए ।

पुरीले अहिले संसदीय समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकका सवालमा नीजि क्षेत्रले उठाएका मागहरूलाई गम्भिरतापूर्वक लिइदिन राजनीतिक दल, संसद र सरकारसँग आग्रह समेत गरे ।

यसअघि यहि सम्मानबाट पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तथा प्याब्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठ सम्मानित भएका थिए ।

प्रकाशित समय: शुक्रबार ३१ साउन, २०८२, ०८:४८:२९

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०