नाटकीय कमब्याक गर्दै पिएसजीले जित्यो पाँचौं उपाधि, टोटनह्याम स्तब्ध

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० साउन, २०८२
३ महिनाअघि

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले युइएफए सुपर कपको उपाधि आफ्नो पोल्टामा पारेको छ ।

इंग्लिस क्लब टोटनह्याम हटस्परलाई बुधबार राति पेनाल्टी सुटआउटमा हराएर पिएसजीले २०२५ को आफ्नो पाँचौं उपाधि जितेको हो ।

पिएसजीले खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै यो जित हात पारेको हो ।

स्टाडियो फ्रिउली (उडिने) मा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो ।

तर, पिएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भएको हो ।

८६औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए ।

पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो ।

तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टीमा सफल पार्‍यो । अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए ।

लिल्लबाट भर्खरै आएका गोलकिपर लुकास चेभालिएरले गियानलुइजी डोनारुम्माको स्थान लिँदै पहिलो रोजाइको खेल खेले ।

३९औं मिनेटमा जोआओ पाल्हिन्हाको प्रहार बारमा छोएर फर्किँदा भान डे भेनले छिटो प्रतिक्रिया दिँदै गोल गरे । ४८औं मिनेटमा टोटनह्याम कप्तान क्रिस्टियन रोमेरोको हेडर रोक्न नसक्दा दोस्रो गोल खाए ।

तर, सुटआउटमा भान डे भेनको पेनाल्टी बचाउँदै उनले डोनारुम्मा स्तरको प्रदर्शन देखाए ।

प्रकाशित समय: बिहिबार ३० साउन, २०८२, ०६:५५:३२
विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै
बिहिबार २१ कार्तिक, २०८२
छठ पर्वको अवसरमा विराटनगरमा साँस्कृतिक कार्यक्रम
बुधबार १३ कार्तिक, २०८२
जन्मदिनको रातः दुई बालिकाको जीवन अन्धकारमा डुबाउने एक किशोर
आईतबार १० कार्तिक, २०८२
मोरङ कारागारका कैदीबन्दीको आयोजनामा सांस्कृतिक कार्यक्रम
आईतबार १० कार्तिक, २०८२
रक्तदान कार्यक्रम नहुँदा विराट मेडिकलमा रगतको चरम अभाव
मङ्गलबार २८ असोज, २०८२
देशको स्वास्थ्यवस्थालाई मध्येनजर गर्दै गिरी फाउन्डेसनले गर्‍यो कारागारमा रक्तदान कार्यक्रम
बिहिबार २३ असोज, २०८२
कोशी गाउँपालिकाबाट बेवारिसे अवस्थामा ६ क्विन्टलभन्दा बढी गाँजा बरामद
आईतबार १२ असोज, २०८२
ह्वात्तै बढ्यो उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या
आईतबार १२ असोज, २०८२
मोरङ प्रहरीद्वारा विराटनगरका ११ स्थानबाट डाइसमा प्रयोग हुने सामग्री बरामद
आईतबार १२ असोज, २०८२
वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु
आईतबार १२ असोज, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०