ह्वात्तै बढ्यो उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ असोज, २०८२
१० महिनाअघि

कर्णाली । कानुनले बिहे २० वर्षपछि गर्नुपर्ने व्यवस्था गरेको छ ।

कानुनले बाल विवाहलाई बर्जित गरेको भए पनि व्यवहारमा अहिले पनि जस्ताको त्यस्तै अवस्था छ ।

हिमाली जिल्ला हुम्लामा भने २० वर्ष नपुग्दै आमा बन्ने किशोरीहरूको संख्या बढ्दै गएको छ ।

पछिल्ला वर्षहरूमा समेत बालविवाहविरुद्ध चर्को आवाज उठेपनि १५ देखि १९ वर्षको उमेरमा विवाह गर्ने प्रचलन नरोकिएका कारण उमेर नपुग्दै आमा बन्ने महिलाको संख्या बढ्दै गएको हो ।

चंखेली गाउँपालिका–६ को मेल्छाम स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले स्वास्थ्य संस्थामा उमेर नपुग्दै आमा बन्ने किशोरीहरुको संख्या बढेको बताए ।

२० वर्षमुनिका गर्भवती महिला हरेक दुई महिनामा एक जना सुत्केरी गराउनका लागि प्रसूति गृहमा ल्याउने गरिएको बताउँदै उनले पछिल्लो समय यो संख्या वृद्धि भएको बताए ।

त्यस्तै ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले उमेर नपुगी विवाह गर्ने चलन नरोकिएका कारण कम उमेरमा गर्भवती हुने किशोरीको संख्यामा कमी नआएको बताए ।

एक महिना अगाडी मात्रै १७ र १९ वर्षीया किशोरीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराएको संयोजक ढकालले जानकारी दिए ।

उनले आफ्नो गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा वर्षमा चारदेखि पाँच जना कम उमेरका महिलाहरूलाई सुत्केरी गराउने गरिएपनि अधिकांश किशोरीहरु घरमै सुत्केरी हुने गरेको बताए ।

स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले वर्षमा १५ देखि २० जना गर्भवती जिल्ला अस्पतालको प्रसुती गृहमा सुत्केरी गराउन ल्याउने गरिएको बताए ।

यो अस्पतालको संख्या भएको र जिल्लाभरको संख्या जोड्दा अवस्था गम्भीर देखिने बताउँदै उहाँले विद्यालयमा कक्षा नौं÷दश कक्षामा अध्ययन गर्ने छात्राहरू पनि बालविवाह गरेर सुत्केरी हुने गरेको बताए ।

उनले यस्ता उमेरकी गर्भवतीलाई सुत्केरी गराउन कठिन हुने गरेको भन्दै बालविवाह विरुद्ध कानुनी प्रक्रिया अगाडि नबढाउँदा समस्या बढ्दै गएको बताए ।

बालविवाह गरेको कुरा प्रहरीसम्म नआउँदा कानुनी कारबाही गर्न समस्या भएको इन्स्पेक्टर जंगबहादुर सिंहले बताए ।

प्रकाशित समय: आईतबार १२ असोज, २०८२, ०८:५७:३२

सम्बन्धित खबर

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग

मङ्गलबार १९ साउन, २०८३
१० घण्टाअघि

अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित

मङ्गलबार १९ साउन, २०८३
१० घण्टाअघि

सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?

मङ्गलबार १९ साउन, २०८३
१० घण्टाअघि

प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता

मङ्गलबार १९ साउन, २०८३
११ घण्टाअघि

राप्रपाले बोलायो कार्यसम्पादन समिति

मङ्गलबार १९ साउन, २०८३
१४ घण्टाअघि

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
२ दिनअघि
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०