रियल मड्रिडको शानदार जितमा एम्बाप्पेको दुई गोल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ८ असोज, २०८२
१ वर्षअघि

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडले पुनः आफ्नो दबदबा कायम राख्दै लेभान्टेलाई ४–१ ले पराजित गरेको छ । यस जितसँगै रियल मड्रिडले लगातार छैटौँ जित हात पार्दै शीर्ष स्थानमा आफ्नो दाबेदारी बलियो बनाएको छ ।

खेलको सुरुवाती २० मिनेटमै रियल मड्रिडले आक्रामक खेल प्रस्तुत गर्‍यो । भिनिसियस जुनियरले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

Advertisement

त्यसपछि उनीद्वारा गरिएको उत्कृष्ट पासलाई युवा खेलाडी फ्रांको मास्तान्तिनोले गोलमा परिणत गर्दै आफ्नै पहिलो ला लिगा गोलको खुसी मनाए ।

यद्यपि, लेभान्टे पनि खाली हात बस्न चाहन्थेन । पहिलो हाफको अन्त्यतिर एट्टा इयाङले सुन्दर प्रहारमार्फत एक गोल फर्काए ।

तर दोस्रो हाफमा मैदानमा किलियन एम्बाप्पेको जादु देखियो । उनले पेनाल्टीमार्फत पनेन्का गोल गर्दै दर्शकलाई रोमाञ्चित बनाए र त्यसपछि अर्को गोल थप्दै स्कोर ४–१ मा पुर्‍याए ।

यो जितसँगै नयाँ प्रशिक्षक जाबी आलोन्सोको रणनीति सफल देखिएको छ । युवाशक्ति र अनुभवको संयोजनले टोलीलाई नयाँ उचाइमा पुर्‍याएको धेरैको धारणा छ ।

आलोन्सोले खेलपछि भने, “टोलिले देखाएको आत्मबल र लय प्रशंसनीय छ। हाम्रो लक्ष्य निरन्तरता कायम राख्दै उपाधि तर्फ अघि बढ्नु हो।”

एमबाप्पेको आगमनपछि रियल मड्रिडले मैदानभित्र मात्र होइन, बाहिर पनि ठूलो सफलता पाएको छ ।

क्लबको जर्सी बिक्री, टिकट माग र सामाजिक सञ्जालमा लोकप्रियता अभूतपूर्व रूपमा बढेको छ। धेरै विश्लेषकहरूले यसलाई क्लबको दीर्घकालीन सफलता र आर्थिक सुदृढीकरणसँग जोडेर व्याख्या गरेका छन्।

यसैबीच, समर्थकहरूले टोलीको प्रदर्शनप्रति उत्साह प्रकट गरेका छन्। मड्रिडका एक समर्थकले भने, “यो केवल जित होइन, भविष्यको संकेत हो। रियल मड्रिड फेरि आफ्नो पुरानो ग्लोरी तर्फ फर्कँदैछ ।”

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०