भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ भदौ, २०८२
१ वर्षअघि

काठमाडौं । झन्डै २७ महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्न सकेको छैन ।

यसै कारण पनि नेपालको राजधानी काठमाडौंमा फुटबल मैदान खाली छन् ।

Advertisement

तर, बंगलादेशको ढाकामा भने नेपाली खेलाडीहरूको संख्या बढ्दै गएको छ ।

लिग हुन नसकेपछि नेपाली खेलाडीहरूले आफ्नो भविष्य विदेशी लिगमा खोज्न थालेका हुन् ।

नेपाली खेलाडीहरूले बंगलादेश प्रिमियर लिग (बिपिएल) क्लब ब्रदर्स युनियनसँग नयाँ सम्झौता थपेका छन् ।

राष्ट्रिय टोलीका डिफेन्डरद्वय एरिक विष्ट र सनीश श्रेष्ठ तथा फरवार्ड अञ्जन विष्ट र मिडफिल्डर योगेश गुरुङले संयुक्त रूपमा ब्रदर्श युनियनसँग २०२५/२६ सिजनका लागि सम्झौता गरेका छन् ।

उनीहरू ढाकास्थित क्लबको प्रि–सिजन प्रशिक्षणमा सहभागी भएका छन् ।

ब्रदर्स युनियन अहिले बीपीएलमा सबैभन्दा धेरै नेपाली खेलाडी राख्ने क्लब बनेको छ ।

बंगलादेश फुटबल महासंघले ल्याएको साफ कोटा नियमले यो सजिलो भएको हो, जसले दक्षिण एसियाली खेलाडीलाई स्थानीय खेलाडीकै रूपमा दर्ता गर्न अनुमति दिन्छ ।

नेपालमा घरेलु लिग अनिश्चित भएको कारण खेलाडीहरूले बंगलादेशलाई पहिलो रोजाइ बनाउन थालेका छन् ।

ढाकामा हुने उनीहरूको प्रदर्शनले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने आशा गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०