जन्मदिनको रातः दुई बालिकाको जीवन अन्धकारमा डुबाउने एक किशोर

राकेश कर्ण
आईतबार १० कार्तिक, २०८२
१२ महिनाअघि

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकाको एउटा सानो बस्ती । जहाँ घटस्थापनाको सुरुवातसँगै गाउँमा दशैंको तयारी चल्दै थियो । तर, सोही असोज ६ गते घटस्थापनाको साँझ जन्मदिनको उत्सवको नाममा एउटा यस्तो घटना भयो, जसले गाउँ मात्र होइन, सम्पूर्ण समुदायलाई नै स्तब्ध बनाईदियो ।

बुढीगङ्गा गाउँपालिका वडा नं. १ बस्ने वर्ष १७ का सञ्जय (परिवर्तित नाम) आफ्नो जन्मदिन मनाउने तयारीमा थिए । विराटनगर महानगरपालिका वडा नं. २ मा रहेको हङग्री स्टेशन क्याफेमा उनी काम गर्थे । घटस्थापनाको रमझम हेर्ने गरी विराटनगरस्थित सेन्ट्रल मल घुम्न पुगेका उनी दुईजना बालिकाहरुसँग ठोक्किए ।

Advertisement

ती बालिकाहरु थिईन, बुढीगङ्गा–१ बस्ने सञ्जयकै साथी वर्ष १४ की सिर्जना र उनको साथी अञ्जना (परिवर्तित नाम) । आफ्नै गाउँठाउँमा कतै देखेजस्तो लागेपछि सञ्जयले सिर्जनासँग सेन्ट्रल मल घुम्न आएकी अञ्जनासँग चिनजान गरे । परिचय भयो, चिनजान भयो, घरपनि एउटै वडामा भएको थाहा भयो । त्यसपछि तीनैजनाले सँगै घुमफिर गर्ने निधो गरे र केही समयसम्म सेन्ट्रल मलसहित बजार क्षेत्र घुमफिर गरे । घुमफिरकै क्रममा सञ्जयले आज आफ्नो जन्मदिन रहेको र केक काटने इच्छा रहेको भन्दै दुवै बालिकालाई केक काट्न निम्तो गरे । सुरुमा अञ्जनाले मानिनन्, तर सिर्जनाले सञ्जय आफ्नै गाउँठाउँको मान्छे भएको, डराउनुपर्दैन भनेपछि सहमतिमै तीनैजना विराटनगर–२ स्थित हङ्ग्री स्टेशन क्याफे पुगे । सुरुमा माहोल रमाईलै थियो, केक काटियो, हाँसोठट्टा चल्यो, हुक्का पनि सेवन भयो । तर, त्यही रमाइलो साँझ रातको भयानक अन्धकारमा बदलियो ।

राति करिब साढे ९ बजे सञ्जयसहित दुवैजना बालिकाहरु क्याफेबाट बाहिरिए । बालिकाहरुले घर फर्किन ढिलो भईसकेको र आफुहरु आज साथीको घरमा बस्न जाने बताएपछि सञ्जयले राती खानबस्न गाह्रो नहुने भन्दै आफुले व्यवस्था गरेको ठाउँमा बस्न आग्रह गरे । उनले उनीहरूलाई विराटनगर–१९ बैजनाथपुरस्थित आफ्नै साहुको घरमा लगे, जहाँ उनी आफैपनि बस्दै आएका थिए र घर रेखदेखकोे जिम्मेवारी समेत पाएका थिए । त्यही घरमा, मध्यरातको निस्तब्ध समयमा, सञ्जयले दुवै बालिकामाथि पालैपालो जबरजस्ती करणी गरे । त्यो एकरातले दुवै बालिकाको जीवन अन्धकारमय बनाईदियो ।

घुमफिर गर्ने भने घरबाट निस्किएका बालिकाहरु रात अबेरसम्म घर नफर्किएपछि चिन्तित बनेका परिवारले प्रहरीमा सम्पर्क गरे । प्रहरी र अभिभावकले रातभरि बालिकाहरुको सोधीखोजी गरे । विद्यालयमा समेत सम्पर्क गरे । तर बालिकाहरु कतै भेटिएनन र उनीहरुसँग सम्पर्क पनि हुन सकेन । भोलिपल्ट बिहान, आफै घर फर्किएका उनीहरुसँग परिवारले सोधीखोजी गर्दा बालिकाहरूले आफ्नो परिवारलाई सबै कुरा खुलाए । रुँदै गरेका छोरीहरूको आवाजले घरपरिवार स्तब्ध भयो । तत्कालै प्रहरीमा जाहेरी दिइयो । असोज ७ गते विराटनगर–२ स्थित क्याफेमै काम गरिरहेको अवस्थामा प्रहरीले सञ्जयलाई पक्राउ गर्‍यो ।

मोरङ प्रहरीका अनुसार अनुसन्धानपछि सञ्जयलाई बालसुधार गृहमा पठाइएको छ । मेडिकल रिपोर्टले पनि घटनाको पुष्टि गरेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले बताईन् । ‘जबरजस्ती करणी कसुरमा मुद्दा चलाईएको छ । पिडकको मेडिकल रिपोर्ट नै उसलाई उन्मुक्ति दिने खालको छैन,’ उनीले भनिन, ‘बकपत्रको प्रक्रिया मात्र बाँकी छ ।’

नाबालकबाट पालैपालो करणीको शिकार भएकीमध्ये अञ्जना सुदुरपश्चिम प्रदेशको कालिकोट घर भई बुढीगङ्गा गाउँपालिका वडा नं. १ स्थित दिदिभिनाजुसँग बस्दै आएकी छन् । आफ्नै साथीमार्फत चिनजान भएको मान्छेबाट करणीको शिकार भएकी अञ्जनाको शरीरको विभिन्न भागमा निलडाम देखिएको उनी अध्ययनरत विद्यालयका प्रधानाध्यापकले बताएका छन् । ‘घटना भएको भोलिपल्ट बालिकाहरु घर फर्किएको थाहा पाएपछि म पुगेको थिए । उनीहरुको अवस्थामा दयनीय थियो,’ प्रधानाध्यापकले भने, ‘अञ्जनाको घाँटी र गालामा टोकेको डाम थियो । बालिकाहरुको मायालाग्दो अवस्था देखेपछि हामीपनि स्तब्ध भयौं ।’

पिडितमध्येकी अर्की बालिका सिर्जना भने स्थायी रुपमै बुढीगङ्गा–१ बस्दै आएकी छन् । उनैले अञ्जनालाई सञ्जयसँग परिचय गराएकी हुन् । सञ्जय र सिर्जनाको भने पहिल्यैदेखि चिनजान रहेको स्थानीयले समेत बताएका छन् । स्थानीयका अनुसार दुवैजना पिडितहरु सोही ठाउँको एक सामुदायिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् ।

प्रहरीका अनुसार नेपालमा भने १४ वर्षदेखि १६ वर्ष उमेर समुहमाथि जबरजस्ती करणीको कसुर पुष्टि भएमा १२ देखि १४ वर्षसम्म कैद, ५ लाख रुपैयाँ जरिवाना र उचित क्षतिपूर्ति हुने व्यवस्था गरिएको छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
९ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१३ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
१३ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
१३ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
१३ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०