मोरङ कारागारका कैदीबन्दीको आयोजनामा सांस्कृतिक कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० कार्तिक, २०८२
१२ महिनाअघि

विराटनगर । जेनजी विद्रोहको आडमा देशभरिका कैदीबन्दी भाग्दा अनुशासित बनेर कारागारमै बसेका मोरङ कारागारका कैदीबन्दीले सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । कारागार परिसरमा पुरुष कैदीबन्दीले दसैं, तिहार र छठ पर्वको संयुक्त रूपमा शुभकामना आदान–प्रदान गर्दै सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका हुन् ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता र सामाजिक अभियन्ता अभिषेक गिरीको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा कैदीबन्दीसहितका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । प्रमुख अतिथि कोइरालाले कैदीबन्दीको सीप र कार्यकौशलले बनेका सामाग्रीहरूको अवलोकन गर्दै यसमा महानगरले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Advertisement

यसैगरी, युवा अभियन्ता गिरीले जेनजी आन्दोलनको समयमा भागेर देशभरिका कैदीबन्दीले स्वयमलाई बदनाम गरेका बेला अनुशासित भएर कारागारमै बसेका मोरङ कारागारका कैदीबन्दीको धैर्यता र अनुशासनका कारण पनि यो कार्यक्रम सफल भएको सुनाए ।

यता, कारागारका जेलर गौरव ढुंगेलले कैदीबन्दीकै माग अनुसार उनीहरूलाई मनोरञ्जन प्रदान गर्नका लागि सभ्य र भव्य ढंगले कार्यक्रम गरिएको बताए । अन्य कारागारहरूमा पनि यस्ताखाले कार्यक्रमहरू सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा अहिले एक हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । विशेषगरी पुरुष कैदीबन्दीलाई लक्षित गरेर कारागारको आन्तरिक प्रशासनले शनिबार सांस्कृतिक र मनोरञ्जनात्म कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०