विराटनगर । बंगलादेश प्रिमियर लिग खेल्नका लागि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलान ढाका पुगेका छन् ।
३५ वर्षीय किरण र २१ वर्षीय आयुष मंगलबार ढाका पुगेका हुन् । यी दुबैलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो ।
किरण लामो समयदेखि क्लबविहीन थिए । उनको यो चौथो विदेशी क्लब हो ।
यसअघि उनले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, भारतको मिनर्भा पञ्जाब र माल्दिभ्सको माजिया क्लबबाट खेलिसकेका छन् ।
सन् २००७ देखि उनी नेपाली राष्ट्रिय टोलीको पोस्ट सम्हालिरहेका छन्। अब उनले आफ्नै टोलीका विंगर आयुष घलानसँगै लिग खेल्ने छ ।
उनलाई यसअघि नै पुलिसले भित्र्याइसकेको छ।
आयुषको यो पहिलो विदेशी क्लब हो । यसअघि उनले ए डिभिजन लिग क्लब थ्री स्टार, संकटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलिसकेका छन् ।
यस्तै, नेपाल सुपर लिग क्लब पोखरा थन्डर्सबाट पनि खेलेका छन् ।
बंगलादेश प्रिमियर लिग आगामी १९ सेप्टेम्बरदेखि सुरु हुँदै छ । लिगमा पुलिससहित १० टोली सहभागी हुनेछन् । पुलिसले सातौं स्थानमा रहेर गत सिजन सकेको थियो ।