विराटनगरमा राधाकृष्ण रथयात्राको तयारी तीव्र

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ साउन, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी भदौ १ गते निकालिने रथयात्राको तयारी तीव्र पारिएको छ ।

श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्राका रूपमा स्थापित रथयात्राको तयारी तीव्र बनाएको हो ।

Advertisement

भदौ यसपटकको रथको बनावट र स्वरूप फरक देखिने भएको छ । यसपटकदेखि रथलाई आकर्षक ढंगले निर्माण गरी विगतको भन्दा फरक बनाइएको छ ।

भारत र नेपालका कारीगरहरूले रथलाई अन्तिम रूप दिने काम गरिरहेका छन् । नयाँ रथको उचाई यसपटक २१ फिट ३ ईन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग ८ फिट रहने बताइएको छ ।

रथको अग्रभाग जुवाबाट १६५ फिट लम्बाईको डोरी दायाँ र १६५ फिट लम्वाईको डोरी बायाँपट्टि फैलिएको छ । जसलाई दायाँपट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरूले लठ्ठा तानेर रथयात्रा सञ्चालन गरिने छ ।

कृष्णा जन्माष्टमीको भोलिपल्ट विराटनगरमा  राधाकृष्ण सवार रथ यात्रा गर्ने चलन रहेको छ ।

भारतको उडिसाको जगन्नाथपुरीमा राधाकृष्णको रथ यात्रा एसिया पहिलो ठुलाे र विराटनगरको दोस्रो ठुलो रथ यात्राको रूपमा मानिएको छ ।

विराटनगर –१ राधाकृष्ण मन्दिरबाट निस्कने रथ यात्राले महानगरको करिब ९ किलोमिटर दुरीको यात्रा तय गर्ने छ ।

विराटनगरको रथ यात्रामा छिमेकी देश भारतको विहार, पश्चिमबंगाल, कोशी प्रदेशका विभिन्न जिल्लाका साथै मधेस प्रदेशबाट भक्तजनहरू सहभागी हुने गरेका छन् ।

विक्रमसम्बत २०८८ सालदेखि सुरु भएको श्रीराधाकृष्ण खट्यात्रा २०२५ सालबाट रथयात्रामा रूपान्तरण गरिएको थियो । खट्यात्रा सुरुआतबाट गणना गर्दा यसपटकको रथयात्राको ९४ औं महोत्सव हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०