वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१० महिनाअघि

जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन । डिभिजन वन कार्यालयका अनुसार गएको असारमा मात्र चार लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरिएको छ । त्यसभन्दा अघिल्ला वर्षहरूमा पनि नर्सरीमा बिरुवा उत्पादन गरी वितरण गर्ने कार्य गरिएको थियो । प्रत्येक वर्ष लाखौँ रूपैयाँ खर्च गरी बिरुवा उत्पादन गरी वितरण हुन्छन् तर संरक्षणको अभावमा बिरुवा हुर्कन नपाउँदै मर्ने गरेका छन् । वनजङ्गलमा डढेलो, खुला चरिचरन र मानवीय लापरवाहीका कारण बिरुवा हुर्कन नपाउँदै मर्ने गरेको वन संरक्षणकर्मीको भनाइ छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास कुँवर वृक्षरोपणपछिको व्यवस्थापन पक्ष कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताउँछन्। ‘बिरुवा रोप्ने त हो, तर त्यसपछि कसैले हेर्दैन’, उनले भने, ‘न सिँचाइ, न जाली घेराबारा, न त निगरानी नै हुन्छ’, कुँवरका अनुसार नेपालमा अझै ‘छिटो प्रतिफल दिने बिरुवा’ रोप्ने प्रवृत्ति छ, जुन दीर्घकालीन वन विकास दृष्टिकोणबाट कमजोर मानिन्छ ।

‘तीन–पाँच महिनाका साना बिरुवा रोपिन्छन्, भारत र चीनले दुईतीन वर्ष उमेरका बिरुवा रोप्छन्, त्यसैले उनीहरूको सफलताको दर ९० प्रतिशत हुन्छ’, उनले भने। ‘वनलाई अतिक्रमण र हस्तक्षेपबाट जोगाउने हो भने वृक्षरोपण नगरे पनि प्राकृतिक रूपमै हुने पुनः उत्पादनले वन विकास हुन्छ’, उनले भने, ‘खाली चौर तथा बगरमा वृक्षरोपण गर्दा राम्रै हुन्छ ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले पनि वृक्षरोपणबारे प्राविधिक ज्ञानको अभाव देख्छन् । ‘बिरुवा रोप्दा माटोको प्रकृति, प्रजातिको अनुकूलता, सिजन आदि विचार गरिँदैन’, वाग्लेले भने, ‘यसबाहेक रोपेपछि संरक्षण, सिँचाइ र मलजल नगर्ने हो भने पनि वृक्षरोपण अभियानले सार्थकता पाउँदैन ।’

बिरुवा रोप्नेबारे प्राविधिक ज्ञान नहुँदा वृक्षरोपण अभियान आशातित रूपमा सफल हुन नसक्नुको मुख्य कारण भएको उनी बताउँछन्। ‘वृक्षरोपण गर्ने भनेर जथाभावी रूपमा बिरुवा रोपिन्छन्, बिरुवा रोप्ने तरिका थाहा हुँदैन’, उनले भने, ‘माटोको अवस्था विश्लेषण गरेर त्यसअनुसारका प्रजातिको बिरुवामात्र रोप्नुपर्छ ।’ बिरुवा रोपिसकेपछि संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । ‘बिरुवालाई संरक्षणसँगै समयसमयमा सिँचाइ पनि गर्नुपर्छ”, उनले भने, ‘त्यसो गर्न सकिएमा मात्र वृक्षरोपणको कार्यले सफता पाउँछ ।’

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी वृक्षरोपणको कार्य प्रत्येक वर्ष हुँदै आए पनि विभिन्न कारण रोपेका सबै बिरुवा नबाँच्ने गरेको बताउँछन् ।

‘रोपेका सबै बिरुवा त बाँच्दैनन्’, उनले भने, ‘५०–६० प्रतिशत बिरुवा हुर्कियो भने पनि उपलब्धि नै हुन्छ ।’ सामुदायिक वन समन्वय समितिले निजी जग्गा र बजर क्षेत्रमा वृक्षरोपणलाई जोड दिइरहेको उनको भनाइ  छ । वृक्षरोपणसँगै वन क्षेत्रमा चरिचरन, आगलागी र अतिक्रमण रोक्न सकेमा बिरुवा पुनः उत्पादन प्रभावकारी हुने उनी बताँछन्। विजय सालका बिरुवा पुनः उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले यस कार्यमा सफल भएको बताए ।

समन्वय समितिसँग आबद्ध वनहरूमा विजयसालका पुनः उत्पादन भएका वनहरू देख्न सकिनेमा उनले जोड दिए । जोशीका अनुसार वृक्षरोपणसँगै अब बिरुवा पुनः उत्पादन ९नर्सरीबिना उम्रने बिरुवा प्रविधिमा पनि जोड दिनुपर्ने आवश्यकता छ । ‘स्थानीय जातका माउ रुख सुरक्षित गरौँ’, उनले भने, ‘त्यसबाट आफैँ उम्रिने बिरुवा संरक्षण गर्न सकियो भने वन आफैँ बढ्छ । ’दीर्घकालीन रूपमा सोचेर बहुवर्षे प्रजातिका बिरुवा उत्पादन, रोपणपछि संरक्षण, निगरानी तथा समुदायमा जनचेतना फैलाउने अभियान सञ्चालन गरिएमा मात्र वृक्षरोपण सफल हुने उनी बताउँछन् । सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्ट वृक्षरोपण कार्यक्रम पूर्ण रूपमा असफल भने नभएको बताए । ‘असफल भने भएको होइन, सोचेजति सफल पनि हुनसकेको छैन’, उनले भने ।

‘विगतका वर्षहरूको तुलनामा वनमाथिको निर्भरता कम हुँदै गएको छ’, उनले भने, ‘स्थानीय बासिन्दाले निजी जग्गामा गर्ने वृक्षरोपणले दाउरा, घाँसपातका लागि वनमाथि नै पहिले निर्भर हुनुपर्दथ्यो, हाल वनमाथिको निर्भरता निकै घटेको पाइएको छ । ’बिरुवा रोपेरमात्र नपुग्ने भएकाले हुर्काउन सकेनौँ भने लगानी खेर जाने उनले बताए। उनका अनुसार नर्सरीबाट बिरुवा ल्याउने तरिका, खाल्डोको गहिराइ, रोप्ने विधि, संरक्षण विधि, सिँचाइ, घेराबार, मलजल, रोगकीराबाट जोगाउने उपायबारे उपभोक्ता जानकार नहुँदा वृक्षरोपणले सफलता प्राप्त गर्न कठिन हुन्छ । “नर्सरीबाट वनसम्म ल्याइने बिरुवालाई बच्चाजस्तै स्याहारसुसार अनिवार्य हुन्छ’, निर्देशक विष्ट भन्छन्, ‘बर्सेनि लाखौँ बिरुवा रोपिन्छन्, तर संरक्षणमा कमजोरी हुँदा रूखमा परिणत नहुँदै सकिन्छन् ।’

सामुुदायिक वनका सरोकारवालालाई वृक्षरोपणको गुणस्तर र दीर्घकालीन प्रभावका विषयमा जागरुकता बढाउन आवश्यक रहेको उनी बताउँछन्। त्यसका लागि कञ्चनपुरका केही वनहरूमा आफैँ पुगेर वृक्षरोपणबारे प्राविधिक जानकारी दिने कार्य गरिएको उनको भनाइ छ ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १०:५३:२०
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
बिहिबार २१ जेठ, २०८३
रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री भारत जाने
बिहिबार २१ जेठ, २०८३
बैंक कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ
बिहिबार २१ जेठ, २०८३
‘जातीय विभेदको अन्त्य सरकारको मात्र होइन सबै नेपालीको साझा दायित्व हो’
बिहिबार २१ जेठ, २०८३
रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बिहिबार २१ जेठ, २०८३
भन्सार छलीको आशंकामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
बिहिबार २१ जेठ, २०८३
भक्तपुरको स्कुलमा आगलागी, करिब ५० लाख रुपैयाँ क्षति
बिहिबार २१ जेठ, २०८३
५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण, दुहबीमा कृषकलाई यान्त्रिकीकरणतर्फ प्रोत्साहन
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा मोदी–रवि छलफल
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित
बुधबार २० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०