विराटनगर । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
सिंहदरबारमा सुरु बैठकमा बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट र त्यसको समाधानका लागि गर्ने सहकार्य गर्नेबारे छलफल हुनेछ ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नेता महन्थ ठाकुरसहितका नेताहरू सहभागी छन् ।