भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ भदौ, २०८३
१ महिनाअघि

काठमाडौं । आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः आन्दोलन हुने भन्दै सामाजिक सञ्जालमा फैलिएका सूचना असत्य र भ्रामक रहेको जेनजी अभियन्ता रक्षा बमले स्पष्ट पारेकी छन्।

आफ्नो तस्बिर प्रयोग गरेर आन्दोलनसम्बन्धी गलत सूचना फैलाइएको भन्दै बमले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी हुन्। उनले प्रस्तावित भनिएको आन्दोलनसँग आफ्नो र ‘जेनजी फ्रन्ट’को कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन्। रक्षा बमको नेतृत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ गठन भएको सार्वजनिक विवरणसमेत यसअघि आएको थियो।

Advertisement

भदौ २३ र २४ गते भएका घटनाको पीडा र क्षति अझै ताजै रहेको भन्दै उनले गम्भीर विषयलाई मजाक र सनसनी फैलाउने माध्यम नबनाउन आग्रह गरेकी छन्।

बमले आफूहरू शान्तिको पक्षमा रहेको र अहिले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताएकी छन्। साथै, आफ्नो नाम तथा तस्बिर दुरुपयोग गरी भ्रामक सूचना नफैलाउन र संवेदनशील विषयमा जिम्मेवार बन्न सबैलाई अपिल गरेकी छन्। पछिल्लो समय पनि बमले जेनजी आन्दोलनका घटनाबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राख्दै आएकी छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०