विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१० महिनाअघि

नेपालको विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता र सुविधा दिनुपर्ने सरोकारवाला निकायका प्रतिनिधिले माग गरेका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज काठमाडौँमा गरेको ‘विद्युत विधेयक २०८० का बारेमा संसदीय समिति र सरोकारवालाबीचको अन्तरक्रिया’ विषयक छलफलमा निजी क्षेत्रका प्रतिनिधिले विधेयकमा विद्युत प्राधिकरण र विदेशी लगानीकर्तालाई सजिलो हुने व्यवस्था गरिएको बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) का उपमहासचिव प्रकाश दुलालले विद्युत विधेयकले नेपालको निजी क्षेत्रलाई कम महत्व दिएको बताए । विधेयकको दफा ५ मा प्रतिस्पर्धा सम्बन्धी व्यवस्था समान नगरिएको उल्लेख गर्दै उनले विद्युत उत्पादनको प्रक्रियामा जाँदा सरकारले प्रतिस्पर्धा गर्नु नपर्ने व्यवस्था खारेज गर्नुपर्ने माग गरे ।

दफा ६ मा विदेशी कम्पनीले कुनै पीपीए गर्न नपर्ने व्यवस्था गरिएकोमा असन्तुष्टि जनाउँदै उपमहासचिव दुलालले विधेयकमा विजुलीको परिभाषा नै गलत गरिएको टिप्पणी गरे ।

लाइसेन्सको अवधि सकिएपछि हस्तान्तरण गर्नुपर्ने प्रावधान हटाउनु पर्ने माग गर्दै दुलालले अहिलेकै अवस्थामा विद्युत विधेयक अघि बढेमा ६५ लाख नागरिकको लगानी जोखिममा पर्ने दाबी गरे । पत्रकार विकास थापाले भारतीय सरकार वा त्यहाँको निजी क्षेत्रले नेपालको विद्युत उत्पादनमा लगानी गर्न चाहेको अवस्थामा सजिलो हुने गरी विधेयकको मस्यौदा तयार गरिएको धारणा राखे ।

उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँले विधेयकका विभिन्न दफामा गरिएको व्यवस्था सच्याउन माग गर्दै खोलालाई झोलामा राखेर हिड्नेलाई संसक्षण नहुने गरी विधेयकलाई अघि बढाउन अनुरोध गरे । विदेशीलाई सरकारले चाह्यो भने सम्झौता गरेर सजिलै दिने व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै बानियाँले क्षतिपूर्ति व्यवस्था राख्न माग गरे ।

इप्पानबाट प्रतिनिधित्व गर्ने भीम गौतले विधेयकमा विद्युत प्राधिकरणलाई सुविधा दिएको वा प्राथमिकता दिएको भए पनि प्राधिकरण बिजुली उत्पादन र वितरणलगायतका काममा लाग्दा नागरिकले सेवा राम्रोसँग नपाउने बताए । सरकारी निकाय कम्पनी मोडलमा जान खोजी रहेको बेलामा प्राधिकरणलाई नै धेरै अधिकार दिइएको दाबी गरे ।

पत्रकार कमल धितालले विद्युत विधेयक २०८० मा जलवायु परिवर्तनको असरको बारेमा कुनै विषय उल्लेख नगरिएको बताए । जलवायु परिवर्तनको असरले जलविद्युत क्षेत्रलाई पनि प्रभाव पार्ने भएका कारण विधेयकमा जलवायु परिवर्तनको असर न्यूनिकरणका बारेमा पनि व्यवस्था गरिनुपर्ने उनको माग थियो । पूर्वाधार अर्थशास्त्रका अध्येता सुमन बस्नेतले विद्युत उत्पादनमा सरकारी पक्ष वा क्षेत्रलाई अग्राधिकार नदिइए अफ्ठेरो परिस्थितिमा मुलुकलाई गाह्रो हुने बताए । विद्युत विधेयकमा विद्युत प्राधिकरणलाई प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे ।

सांसद विना लामाले विद्युत विधेयकलाई अझ समृद्ध बनाउनका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आजको छलफलमा सहभागीले दिएको सुझावलाई आगामी दिनमा संसोधन हाल्दा समावेश गर्ने बताइन् ।

सांसद शङ्कर भण्डारीले आज बनाएको कानुन सय वर्षसम्म पनि उपयोग गर्न सकियोस भनेर नै विधेयकका बारेमा संसदीय समिति र उपसमितिमा छलफल गरिरहेको बताए । सवैको चित्त बुझ्ने कानुन नबन्ने भन्दै उहाँले आजको छलफलमा आएका जायज सुझावलाई  समावेश गरेर विधेयक पारित गरिने प्रतिबद्धता जनाए ।

पूर्व ऊर्जा मन्त्री तथा प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्य शक्तिबहादुर बस्नेतले विद्युत विधेयकमा गरिएको नयाँ व्यवस्थालाई निजी क्षेत्रले स्वीकार्न नसकेको बताए । व्यवस्था र अवस्थाबीच तालमेल नहँदा कानुन निमार्णमा ढिलो भएको उल्लेख गर्दै उनले  विद्युत प्राधिरण सरकारको लाइफ लाइन भएका कारण सुविधा र प्राथमिकता बढाइएको धारणा राखे ।

विद्युत उत्पादनको सन्दर्भमा विद्युत प्राधिकरण र नीजि क्षेत्रको भूमिका अनि हैसियत एकै हुन नसक्ने सांसद बस्नेतको भनाइ छ । झोलामा खोला नहोस् भन्नाको लागि काम नगर्ने व्यक्ति वा संस्थाको लाईसेन्स खारेज हुने व्यवस्था गरिएको जानकारी दिँदै उनले आजको लफलमा आएका जायज विषय विधेयकको मस्यौदा परिमार्जन गर्दा थपिने बताए ।

विद्युतको मस्यौदाको व्यवस्थाले भारत सरकार वा भारतका लगानीकर्तालाई सुविधा पुग्नुमा संयोग भएको सांसद बस्नेतको भनाइ छ । पूर्वाधार विकास समितिका सदस्य, सांसद प्रकाश ज्वालाले सरकारले तत्परता नदेखाउँदा विद्युत विधेयकमाथिको छलफलले गति लिन नसकेको बताए । विधेयकको व्यवस्थाका बारेमा निजी क्षेत्रले चिन्ता गर्नु नपर्ने बताउँदै जनतालाई नै पहिलो प्राथमिकतामा राखेर अन्तिम निष्कर्षमा पुगिने धारणा व्यक्त गरेका छन् । भारत, बङ्गलादेशलगायतका मुलुकमा बिजुली बेच्न र उनीहरूले चाहेमा बिजुली उत्पादनमा लगानी गर्न पनि सजिलो हुने व्यवस्था विधेयकमा रहेको उनले बताए ।

पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले विद्युत विधेयकको बारेमा हालसम्म  ६ सय ११ संशोधन  परेको जानकारी दिँदै ५० भन्दा बढी सरोकारवालासँग छलफल गरिएको बताए । ५ दिन अघि पूर्वाधार विकास समितिको उपसमिति संयोजक गोकर्ण बिस्टसँग कुराकानी भएको जानकारी दिँदै केही दिनभित्रै समितिले छलफल अघि बढाउने दाबी अध्यक्ष सिंहले गरे ।

आजको छलफलमा उठेका सुझाव र मागका बारेमा समिति गम्भीर रहेको उल्लेख गर्दै जायज माग र सुझाव स्वीकार गरेर मस्यौदामा समावेश गर्ने प्रतिबद्धता सभापति सिंहले जनाएका छन् ।

प्रकाशित समय: बिहिबार १६ साउन, २०८२, १८:३१:४४
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
बिहिबार २१ जेठ, २०८३
रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री भारत जाने
बिहिबार २१ जेठ, २०८३
बैंक कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ
बिहिबार २१ जेठ, २०८३
‘जातीय विभेदको अन्त्य सरकारको मात्र होइन सबै नेपालीको साझा दायित्व हो’
बिहिबार २१ जेठ, २०८३
रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बिहिबार २१ जेठ, २०८३
भन्सार छलीको आशंकामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
बिहिबार २१ जेठ, २०८३
भक्तपुरको स्कुलमा आगलागी, करिब ५० लाख रुपैयाँ क्षति
बिहिबार २१ जेठ, २०८३
५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण, दुहबीमा कृषकलाई यान्त्रिकीकरणतर्फ प्रोत्साहन
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा मोदी–रवि छलफल
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित
बुधबार २० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०